कृष्ण भट्टराईका लेखहरु
‘९० को दशकमा जति पप गीत सार्वजनिक भए, सबै कर्णप्रिय थिए । अहिलेसम्म त्यही कालखण्डमा बनेका पप गीतहरूकै बोलवाला छ ।’ 
पुरा पढ्नुहोस्
ढकालको फेक डिभोर्सलाई लिएर संगीत जगतमा चाहि सहानभूति बढी देखिन्छ । गीतकार राजेन्द्र थापा भन्छन्, ‘रामकृष्णको सन्दर्भमा सहकारीले जे गऱ्यो त्यो गलत छ । कुनै पनि ऋण कहिल्यै नसकिने भन्ने हुन्न । ठूलो मान्छे भनेर षड्यन्त्र गरेर फसाइयो ।’
पुरा पढ्नुहोस्
स्टुडियो पुगेर संगीतकार वर्मनलाई नै मैले नेपाली चलचित्रको संगीत निर्देशन गर्ने मौका पाएको मात्र बताइन्, आशा भोसलेलाई गीत गाउन लगाउने भित्री मनसाय पनि सुनाएँ । आशाजी स्टुडियोमै हुनुहुन्थ्यो, वर्मनले ‘कान्छाले तिमीसँग गीत रेकर्ड गराउने रे’ भनिदिनुभयो । वर्मनको कुरा सुनेर आशाजी उत्साहित हुनुभयो, तुरुन्तै गीत गाउन तयार पनि हुनुभयो । म खुसीले झन् बढी उत्साहित भएँ । 
पुरा पढ्नुहोस्
ठेलागाडामा म:मसहितका स्ट्रिट फुडहरू बेच्ने यी युवक हुन्— कपिल पौडेल । मेघौली, चितवनका २५ वर्षीया कपिल कुशल गायक पनि हुन् भन्ने कुरा थाहा पाउनेहरू त उनको स्ट्रिट फुडका नियमित पारखी समेत छन् । युवा–युवतीमाझ ‘म:म बेच्ने गायक’ को उपनामले समेत चिनिएका कपिलले नयाँ बानेश्वरमा त्यसरी म:म बेच्न थालेको दुई पुगेर तीन वर्ष लागेको छ ।
पुरा पढ्नुहोस्
भारतका प्राय: सबै सहरमा आयोजित सांगीतिक कार्यक्रममा सहभागिता जनाइसकेकी छिन् । ‘मैले हिन्दी, भोजपुरी, मराठी, पञ्जाबी, हरियाणी, मैथिली, उडिया, आसामी, बंगाली तथा दक्षिण भारतका आधा दर्जनभन्दा बढी भाषाका गीत गाइसकेकी छु, गायिका शर्मा भन्छिन्— ‘मणिपुरी भाषाको गीत मात्र गाउन बाँकी छ ।’ 
पुरा पढ्नुहोस्
कुनै पनि काम मेहनत गरेर गर्दा त्यसले सफलता नै दिँदो रहेछ भन्ने कुरा बुझ्ने मौका पाएको छु । मेरा लागि यो गीत सफल अथवा लोकप्रिय मात्र भएको मानेको छैन, मैले यही गीतबाट एउटा नयाँ जुनी नै पाएजस्तो अनुभव गरेको छु । मेरो सानैदेखिको राष्ट्रिय स्तरको कलाकार बन्ने सपनालाई यही गीतले पूरा गरिदिएको छ । यसको सफलताले मलाई दर्शक तथा श्रोताको प्यारो गायक बनाइदिएको छ, ममाथि सांगीतिक जिम्मेवारी थपिएको छ ।
पुरा पढ्नुहोस्