जनक तिमिल्सिनाका लेखहरु
पश्चिमा देशहरूको जीवन पद्धतिका रूपमा रहेको ब्याचलर पार्टीलाई नेपालसम्म ल्याइपुर्‍याउन त्यहाँ बस्ने नेपालीको धेरथोर भूमिका छ । ब्याचलर पार्टीप्रति नेपाली युवाहरूको आकर्षणको यो मात्रै कारण होइन, त्यो भन्दा जिम्मेवार इन्टरनेटको अभूतपूर्व विकास र मिडियाहरू हुन् । पश्चिमा देश र भारतमा हिरो/हिरोइनले विवाह पूर्व गर्ने ब्याचलर पार्टीले पनि नेपाली मिडियाहरूमा बाक्लै कभरेज पाउने गरेका छन् ।
पुरा पढ्नुहोस्
राजगद्दी गुमाएको ११ वर्षको अवधिमा विविध पारिवारिक तनावका बीच ज्ञानेन्द्र यति ‘जोली’ मुडमा देखिएको सम्भवत: यो पहिलो पटक हो । पूर्वराजपरिवार बेलाबखत दरबारमार्गको त्रिसरा रेस्टुराँ, किङ्स लाउञ्जमा पनि पुग्ने गरेका छन् । यद्यपि एलओडीमा उनी जसरी खुलेर हाँसे, नाँचे, त्यो विरलै देखिने दृश्यमध्येकै थियो । 
पुरा पढ्नुहोस्
बन्द कोठाभित्र उसले मलाई नाच्न लगायो, म नाचे । अभिनय गर्न लगायो, मैले अभिनय गरे,’ सोनिका झक्कानिँदै भन्न थालिन्, ‘हि ट्राइ टु टच मी । ही टच माई ब्रेस्ट ।’ लामो श्वास फेर्दै उनले भनिन् ‘ओ माई गड ।’
पुरा पढ्नुहोस्
अमेरिका पुग्दैमा चमत्कार हुँदैन, डिभी पर्दैमा चमत्कार भैहाल्ने होइन । अमेरिका गएर पढ्न सक्ने र रोजगारी सिर्जना गर्न सक्नेका लागि मात्र चमत्कार हुन सक्छ । त्यस्तो चमत्कार गर्न पनि २० वर्ष लाग्न सक्छ । अमेरिका जाँदैमा, डिभी पर्दैमा वा ग्रिनकार्ड पाउँदैमा चमत्कार हुँदैन, त्यहाँ गएर कडा मेहनत गर्नुपर्छ । १८–२० घण्टा काम गर्नुपर्छ, फिजिकल कामहरू त्यस्तै हुन्छन्, मेन्टल प्रेसर पनि धेरै हुन्छ 
पुरा पढ्नुहोस्
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्— भुवनकुमार दाहाल । दाहाल २०४८ सालअघि संसद् सचिवालयका सरकारी जागिरे थिए । संसद सचिवालयको जागिर छोडेर उनले २०४८ सालमा नबिल बैंकमा सहायकका रूपमा जागिर सुरु गरे । २२ वर्षे नविल बैंकको जागिरे जीवनमा उनी सहायक महाप्रबन्धकसम्म भए । २०७० मा उनी सानिमा बैंकमा डेपुटी सीईओमा नियुक्त भए, त्यसको ६ महिनापछि फुल सीईओ भए । दाहालसँग साप्ताहिकको कुराकानीः 
पुरा पढ्नुहोस्
हुन त सन्तानको खुसीका लागि रानी झाको संघर्ष पनि कम छैन । उनले छोराछोरीकै पठनपाठनमा सहयोगी होस् भनेर लामो समय आफ्नै स्कुल चलाइन् । त्यसपछि उनी सेन्ट जेभियर्स स्कुलमा अंग्रेजी शिक्षिका रुपमा काम गरिरहेकी छिन् । आमाले नै चलाएको द इम्पेरियल एकेडेमी (जसबाट उनी केहीवर्षअघि अलग भैसकेकी छन्) मै नेहाले ७ कक्षासम्म पढिन् भने श्रेयाले त्यही स्कुलबाट एसएलसी उत्तीर्ण गरेकी हुन् । 
पुरा पढ्नुहोस्
बिरामीको जीवन बचाउने सार्थक प्रयासमा डटिरहेकी डा. हीराचनलाई सबैभन्दा बढी के कुराले खुसी तुल्याउँछ ? ‘बिरामीको इमोनसल यात्रा मैले देखेकी हुन्छु, अप्रेसन गर्नुभन्दा अगाडि बिरामी रुन्छन्, अप्रेसन गरेपछि निको हुँदासम्मको इमोनसल जर्नीको साक्षी हुन्छु म, जब बिरामी ठीक भएर डिस्चार्ज गर्छु, त्यो क्षणले मलाई सबैभन्दा बढी खुसी दिन्छ,’ डा. हीराचन भन्छिन् ।
पुरा पढ्नुहोस्