डा. राजेन्द्र भद्राका लेखहरु
अहिले हाम्रो जीवनशैली धेरै नै तनावपूर्ण बन्न पुगेको छ । तीव्र तनाव लामो समय सम्म भोग्नुपर्दा महिनावारी रोकिन्छ । अति नै तनावमा हुँदा एड्रेनालिन अनि कर्टिसोल जस्ता हार्मोन निस्कन्छन्, जसले हामीलाई त्यस किसिमको परिस्थितिको सामना गर्न सघाउँछ । महिलाको सन्दर्भमा यस्ता हार्मोन अत्यधिक निस्कदा त्यसको प्रभाव महिला हार्मोनहरू इस्ट्रोजन तथा प्रोजेस्टेरोनको उत्सर्जनमा नकारात्मक रूपमा पर्छ ।
पुरा पढ्नुहोस्
कतिपय जोडीले हस्तमैथुन गर्न एक–अर्कालाई सहयोग गर्छन् । अपवादमा केही व्यक्तिमा भने हस्तमैथुनको लत लागेको हुनसक्छ, त्यस्तो स्थितिमा भने यौन क्रियाकलापमा संलग्न नहुने अवस्था हुनसक्छ । सम्बन्धमा तिक्तता आउने भनेको यस्तै बेला हो ।
पुरा पढ्नुहोस्
पहिलो कुरा त यो सेतो पदार्थ स्वाभाविक रूपमा निस्कने कुरा हो र यसरी सेतो निस्कँदैमा त्यसले कुनै हानी गर्दैन तर यसलाई नियमित रुपमा सफा भने गरिरहनुपर्छ । यस अर्थमा तपाईं ढुक्क हुन सक्नु हुन्छ । चिकित्सकलाई जँचाउँदा पक्कै पनि तपाईको समस्याको विविध पक्षमा राम्रोसँग जानकारी पाउनुभयो होला ।
पुरा पढ्नुहोस्
कसै–कसैको यस्तो छालामा पिसाबको धारा नै राम्रोसँग नआउने गरी प्वाल नै निकै सानो हुन्छ । त्यस्तो छ भने मूत्र प्रणालीमा केही असर देखा पर्न सक्छ । यसरी अग्रचर्मको प्वाल सानो हुँदा लिङ्ग उत्तेजित भएका बेला वा हस्तमैथुन वा यौन सम्पर्क गर्दा केही असजिलो हुन्छ ।
पुरा पढ्नुहोस्
केगेल(Kegel)  यौनाङ क्षेत्रको मांसपेशीलाई वलियो बनाउन गरिने कसरत हो । यसका लागि तपाईंले सबैभन्दा पहिले pubococcygeus भनिने मांसपेशी समूहको पहिचान गर्नुपर्छ । त्यसका लागि पिसाब फेर्दा मांसपेशीको संकुचन गरेर पिसाब रोक्ने प्रयास गर्ने र यो प्रक्रिया दोहोर्‍याइ, तेहर्‍याइ  उक्त मांसपेशी पहिचान गर्नुपर्छ ।
पुरा पढ्नुहोस्
चिनीरोग अर्थात् मधुमेह नसर्ने रोग हो, त्यसैले यो एक व्यक्तिबाट अर्को व्यत्तिमा सर्दैन । चिनीरोग भएका व्यक्तिले पनि यौनसम्पर्क राख्छन् र यौन सुख लिइरहेका हुन्छन् । चिनीरोग नियन्त्रण गरिएको छैन भने त्यसको असर यौन सक्षमता, लिङ्ग उत्तेजना तथा यौनेच्छामा नकारात्मक रूपले पर्छ, जुन अर्कै विषय हो । 
पुरा पढ्नुहोस्