डा. सुमनराज ताम्राकारका लेखहरु
अल्ट्रासाउन्ड गर्न सकभर केही नखाई अर्थात् भोको पेट गराउनु उपयुक्त हुन्छ, तर कतिपय अवस्थामा त्यस्तो परिस्थिति तत्क्षण सम्भव नहुन सक्छ । कहिलेकाहीँ सम्बन्धित चिकित्सकको सल्लाहमा अघिल्लो दिन दिसा खुल्ने औषधी खाएर भोलिपल्ट अल्ट्रासाउन्ड गराउनु छ भने महिलाहरूले पिसाब रोकेर (पिसाब थैली भरिएको अवस्थामा) अल्ट्रासाउन्ड गराउनु बढी प्रभावकारी हुन्छ ।
पुरा पढ्नुहोस्
स्त्रीरोगको बहिरङ विभागमा आउने बिरामीहरूमा महिनावारीको गडबडीपछि दोस्रो ठूलो समस्या आङ खस्ने नै हुन्छ । पाठेघर स्थिर अङ्ग होइन, यो केही मात्रामा चलायमान हुन्छ । पाठेघरलाई यथास्थानमा राख्न विभिन्न प्रकारका बाक्ला तन्तु (लिगामेन्ट) ले टेवा दिएका हुन्छन् ।
पुरा पढ्नुहोस्
कतिपयले मुख गन्हाउने समस्याबाट पीडित भै नमीठो अनुभव सँगालेको हुनुपर्छ । तपाईंले कुराकानी गर्दा नजिकै बसेको साथीले मुख खुम्च्याउन सक्छ । यो समस्याको नराम्रो पक्ष के हो भने आफूलाई आफ्नो मुख गन्हाइरहेको जानकारी नहुनसक्छ ।
पुरा पढ्नुहोस्
त्यसो त ब्रह्मचर्य र बहुपति नितान्त फरक विषय हुन् । यिनलार्ई दुई विपरीत ध्रुव भन्दामा फरक पर्दैन, तर नेपालमा यी दुई विषयबीच के समानता छ भने नेपालमा निकै थोरै मानिसले मात्र यी प्रथा वा प्रचलन अँगालेको पाईन्छ ।
पुरा पढ्नुहोस्
ढल्कँदो उमेरमा महिलामा योनिरस कम उत्पादन हुने, पाठेघर एवं योनिको संकुचन घट्ने, योनिमार्गको भित्ता पातलिने तथा चरम सन्तुष्टि कम हुने पाइन्छ भने पुरुषमा लिड्ड उत्तेजनाको समस्यासँगै वीर्य स्खालन कम वा हुँदै नहुने, फेरि यौन उत्तेजनामा आउन समय लाग्ने, प्रभावकारी तरिकाले योनि छेदन गर्न नसक्ने जस्ता समस्या सिर्जना हुन सक्छन् ।
पुरा पढ्नुहोस्
नियमित रूपमा महिनावारी भैरहेका किशोरी वा महिलामा अन्तिम पटक महिनावारी भएको दिनमा ९ महिना ७ दिन जोड्दा शिशु जन्मने मिति निस्कन्छ । यसरी हिसाब गरी निकालेको दिन करिब ५ प्रतिशतले शिशु जन्माउँछन् भने अधिकांश (करिब ८० प्रतिशत) महिलाले उक्त दिनको दुई हप्ताअघि र एक हप्ता पछि शिशु जन्माउँछन् ।
पुरा पढ्नुहोस्