प्रस्तुति: महेश तिमल्सिनाका लेखहरु
रमेशराज भट्टराई र मेरो भेट २०५८ सालमा भएको हो । त्यतिबेलादेखि नै उहाँ मेरो एकदमै मिल्ने साथी हुनुहुन्छ । अहिले हामी एउटै घरमा बस्छौं । हामीबीच सांगीतिक हिसाबले प्रशस्त कुराकानीका साथै दुःख–सुख साटासाट हुने भएकाले हामी दाजुभाइजस्ता पनि छौं ।
पुरा पढ्नुहोस्
नेपालको चिकित्सा क्षेत्रमा जतिपनि विकृति, विसंगति र बाहिरी हस्तक्षेप छ, त्यसलाई रोकेर नेपाललाई मेडिकल एजुकेसनको हब बनाउने मेरो योजना पुरानै हो जुन यसपालि पूरा होला कि भन्ने आशा गरेको छु । यसैपाली गौतम बुद्ध जन्मिएको ठाउँ लुम्बिनीमा गौतम बुद्ध इन्टरनेसनल हस्पिटल निर्माण गर्ने योजना छ । 
पुरा पढ्नुहोस्
म २०७५ सालभरि सुटिङमै व्यस्त भएँ । गत वर्ष मेरा तीनवटा चलचित्र प्रदर्शनमा आएका थिए । यद्यपि यो वर्ष भने मैले अभिनय गरेको कुनै पनि चलचित्र प्रदर्शनमा आएन । त्यसैले पनि यो साल मेरा लागि सम्झनलायक बन्यो । यो वर्ष नेपाली चलचित्रको व्यापार पनि सन्तोषजनक रहेन भने देशमा पनि विभिन्न खालका घटना घटे, जसले दुःखी बनायो । 
पुरा पढ्नुहोस्
काठमाडौंका मूल सडकहरूमा आकाशे पुल हु“दाहु“दै त्यसको प्रयोग नगरी पुलमुनिबाट बाटो काट्नेहरू र सडकमा जथाभावी सवारी साधन पार्किङ गर्नेहरूदेखि निकै रिस उठ्छ । 
पुरा पढ्नुहोस्
अनेकौं देवीको उपमा दिएर दसैंमा नौ दिन सम्मान गरिन्छ । यद्यपि पोस्टरका देवीलाई पुज्ने, तर सच्चा देवीहरूलाई आर्थिक, सामाजिक एवं राजनीतिक रूपमा बलात्कार गर्ने प्रचलन छ । 
पुरा पढ्नुहोस्
कुकुर मन पर्छ । आफू जस्तो भए पनि मानिसहरू इमान्दार दास अनि भक्तहरू मन पराउँछन् । कुकुर इमान्दार दास र भक्त दुवै हो । गालीले मुटु चिर्‍यो भने आफ्नै सन्तानले पनि बाबुआमासँग बिद्रोह गरेर घर छाडेर जान्छन्, तर जति गाली गरे पनि, पिटे पनि कुकुरले कहिल्यै घर छाड्दैन र आफ्नो मालिकलाई मृत्युपर्यन्त साथ दिन्छ । कुकुरले मालिकको चोर्न र चिटिङ गर्न जानेको हुँदैन । भोको कुकुरले पनि नदिई चोरेर खाँदैन । यो एउटा अद्भुत प्राणी हो । 
पुरा पढ्नुहोस्