महेश तिमल्सिना का लेखहरु
मभन्दा पछिको पुस्ता अध्ययनमा केन्द्रित भएर रविजस्तै चर्चित बन्ने लक्ष्यका साथ लागेका छन् भन्ने सुन्दा खुसीको सीमा रहेन । यतिबेला पनि म गाउँकै विभिन्न कार्यक्रममा व्यस्त छु । त्यसैले यसपालि मेरो गाउँ बसाइ अविस्मरणीय भयो । यिनै यादहरू सँगालेर कात्तिक ३ गते काठमाडौं फर्कंदैछु । 
पुरा पढ्नुहोस्
रोयल्टी वितरण गर्ने जिम्मेवारी बोकेका संगीत रोयल्टी संकलन समाज नेपाल, प्रस्तोता समाज नेपाल एवं संगीत तथा चलचित्र उत्पादक समाज नेपालले अहिलेसम्म विभिन्न क्षेत्रबाट संकलित रोयल्टी वितरण गरेका छैनन् । यी संस्थाले डाटा नखुलेका कारण रोयल्टी वितरण गर्न नसकेको बताइरहेका छन् । अहिले समग्र रोयल्टी संकलन गर्ने जिम्मा संगीत रोयल्टी संकलन समाजले पाएको छ ।
पुरा पढ्नुहोस्
अहिलेको परिवेशमा सबैभन्दा डरलाग्दो कुरा नेपाली फिल्मको ठूलो दुस्मन भनेकै नेपाली फिल्म हुनु हो । विदेशी फिल्म त यो मितिमा आउँछ भन्ने कुरा पहिले नै थाहा हुन्छ, त्यो अनुसार प्लानिङ गर्न सकिन्छ, तर नेपाली फिल्ममा वितरकबीचको इगोका कारण एक–अर्कोको फिल्म चल्न नदिने विकृति देखा परेको छ । ‘भाइ फुटे गवार लुटे’ भनेजस्तै आफू–आफू जुद्धाजुद्धै सकिन लागिसके ।
पुरा पढ्नुहोस्
जीवन बिताउन माया गर्ने मान्छे त अवश्य चाहिन्छ । उमेरकै कुरा गर्ने हो भने पनि हाम्रो गाउँघरतिर १८ देखि २० वर्षसम्म अधिकांशको विवाह भैसक्छ । मेरै उमेरका साथीहरूको कुरा गर्ने हो भने धेरैजसो बाबुआमा भैसके । त्यसैले अब आफ्नो पनि बेला भयो भन्ने लागेर आफूलाई उपयुक्त हुने जीवनसाथी रोजिसकेको छु । 
पुरा पढ्नुहोस्
सिर्जनालाई संसारको कुनै भूगोलले छेक्न सक्दैन । अर्को कुरा विदेश बसेर पनि मैले अरू काम गरेर संगीतमा केही काम नगरेको भए आज मेरो अस्तित्व हिजोका गीतमा मात्रै सीमित हुन्थ्यो । आजका पुस्ताले मलाई चिन्दैनथे । मलाई फलो नगर्नु भएका श्रोता–दर्शकलाई चाहिँ राजु लामाको गीत आएको छैन, हरायो भन्ने लाग्दो हो, तर मैले मेरा श्रोता–दर्शकलाई अन्याय गरेको छैन ।
पुरा पढ्नुहोस्
पछिल्ला दिनमा तीजको सांगीतिक बजारमा पनि उस्तै चहल–पहल देखिन्छ । तीज आउनुपूर्व नै तीज लक्षित गीत सार्वजनिक गर्ने क्रमले बजारलाई प्रतिस्पर्धी बनाउँछ । त्यसैले तीजको समयमा गीतकार, गायक, संगीतकार, निर्देशकहरूको व्यस्ततासँगै कमाइ पनि बढ्ने गरेको छ । यद्यपि अघिल्ला वर्षहरूको तुलनामा यो वर्ष तीजको सांगीतिक बजार अलि कम देखियो ।
पुरा पढ्नुहोस्