युवराज गौतमका लेखहरु
भाषामा दख्खल, स्वास्थ्य र खानपानको हेरविचार, कोरियाली कानुनको सामान्य जानकारी बाहेक ‘हार्ड मसल’ भएका शारीरिक रूपका मजबुत नेपालीहरूले मात्र कोरियाका लागि तयारी गर्नुपर्ने उनीहरूको सुझाव छ ।
पुरा पढ्नुहोस्
विदेशमा भएका नेपालीहरूमात्र नभै भारत, बंगलादेश, म्यानमार, बेलायत, अमेरिका, चीन, मलेसिया, कोरिया आदि देशमा हिन्दू तथा गैरहिन्दूहरूले दीपावलीलाई विशेष महत्वका साथ मनाउँछन् । यद्यपि दीपावली मनाउने तौरतरिका भने भिन्न छन् । कतिपय देशमा कुलदेवताको पूजा गरी नयाँ वर्षको स्वागत स्वरुप दीपावली गर्ने चलन छ ।
पुरा पढ्नुहोस्
हुनत दसैंको खुसी वा दु:ख दुवैलाई गीतमा उतार्ने चलन पुरानै हो । दसैं–तिहारमाथि प्रशस्त गीत रचना भएका छन् । दसैंका धेरैजसो गीतले परदेशमा रहेका र मुग्लान भासिएकाहरूको भावनाको प्रतिनिधित्व गर्छन् । यद्यपि त्यस्ता सबै गीत स्थापित हुन भने सकेका छैनन् । बर्सेनि दसैंलाई नै लक्षित गरी अनेकौं गीत तयार भए पनि पुराना गीतहरूको दबदबा कायमै छ । कालजयी र मर्मस्पर्शी लाग्ने ती गीत वर्षौंदेखि बजिरहेका छन् । 
पुरा पढ्नुहोस्
सशस्त्र विद्रोह गरिरहेको तत्कालीन माओवादीका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फकाएर राजतन्त्र हटाउन भारतीय गुप्तचर संस्था ‘रअ’को विशेष भूमिका रहेको पुस्तकमा उल्लेख छ । रअकै पूर्व विशेष निर्देशक अमर भूषणले हालै सार्वजनिक गरेको उक्त पुस्तकमा पहिले राजतन्त्रलाई संवैधानिक बनाउन र पछि हटाउन गोप्य रूपमा भूमिका खेलेको कुरा बताइएको छ । 
पुरा पढ्नुहोस्
विदेशमा रहेका हिन्दू धर्मावलम्बीहरू दर खाने कार्यक्रम तथा सांगीतिक कार्यत्रमको आयोजना गरेर तीजलाई उल्लासमय बनाइरहेका छन् । युरोप, अमेरिका, क्यानाडा, अस्ट्रेलिया, जापान, यूके तथा खाडी देशहरूमा तीजका विशेष कार्यक्रमहरू तय भएका छन् । धेरैजसो देशमा तीजका भव्य कार्यक्रमहरू आयोजित भैरहेका छन् ।
पुरा पढ्नुहोस्
 जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले साउन २१ गते एक विज्ञप्ति निकाल्दै तीजको दर खाने नाममा अहिलेदेखि नै होटल र पार्टी प्यालेस बुकिङ गर्न सुरु गरिसकिएको जानकारीमा आएको भन्दै होटल–रेस्टुराँमा दर खाने, महँगा पोशाक प्रदर्शन गर्ने तथा ध्वनी प्रदूषण हुने कार्य नगर्न निर्देशन दियो । 
पुरा पढ्नुहोस्