रवीन्द्र अधिकारीका लेखहरु
बलि प्रथाका अनुयायी प्राय: हिन्दू धर्मको पनि शाक्त सम्प्रदायका हुन्छन्, जसले देवीको उपासनाको अन्तिम रूप नै बलि हो भन्ने विश्वास राख्छन् तथापि प्रकृति वा पृथ्वीलाई देवता मान्नेहरूले पनि बलिको परम्परालाई अङ्गीकार गर्दै आएको पाइन्छ । दसैंमा हिन्दूहरूले बलि दिन्छन् तर हिन्दू धर्मका मूल ग्रन्थहरूलगायत अन्य थुप्रै पुराणमा बलिलाई निषिद्ध गरिएको छ । पशुबलि एउटा ठूलो अनुष्ठान् भएकाले यसका लागि मेहनत र खर्च पनि ठूलै चाहिन्छ ।
पुरा पढ्नुहोस्
त्यस्तै वस्तुबाहेकका बोलीचालीमा समेत अंग्रेजीले स्थान पाउन थाल्यो । कसैले गूड मर्निङ छोडेर शुभ प्रभात भनेको मैले सुनेको छैन, गुड इभिनिङको सट्टा शुभ सन्ध्या पनि भनेको सुनिएको छैन । नमस्तेको सट्टा अहिले हेलो र हाई नै बढी हिट छन् । तिम्रो उडान कति बजे अनि उडानविश्राम कहाँ हो भनेर सोध्यो भने पक्कै दोहोर्‍याएर सोध्नैपर्छ, ‘तिम्रो फ्लाइट कति बजे अनि ट्रान्जिट कहाँ हो ?’
पुरा पढ्नुहोस्
भोलिपल्ट बिहानै तिनै नम्बरलाई अघिल्लो रात साँचेको म्यासेज पठाएँ । कसैको रिप्लाईचाहिँ आएन । रवीन्द्र अधिकारी हुनुको चटारो बेलाबखत अरू ठाउँमा पनि पर्छ । केही हप्ताअघि बैंकमा पनि पर्‍यो । भौचरमा नाम हेर्दै लगभग किटानीका साथ टेलर मुस्कुराउँछ ।
पुरा पढ्नुहोस्