राजाराम पौडेलका लेखहरु
नेपालको हो भनेर, तर भाषा त उनीहरूले बुझेका हुँदैनन् । जे भए पनि म्युजिक चलिसकेपछि सरकारले यसले यस्तो बोल्यो भनेर रोक्न मिलेन नि । फाइदा त हाम्रो देशलाई भएको हुन्छ, देशको नाम संसारभरि फैलिएको छ, आज एउटा आर्टिस्टले यो लेभलमा बसेर काम गर्न पाएको छ । त्यो आर्टिस्टलाई देखेर हजार जना नयाँ आर्टिस्ट निस्कने हो । सबैले म्युजिकको लाइनमा रोजगारी पाउने भए, स्वतन्त्रतापूर्वक सिर्जना गर्न पाउने भए । 
पुरा पढ्नुहोस्
हामीसँग पावर छ भन्ने कुरा विदेशीहरूलाई पनि थाहा छ । नेपालभित्र पनि राम्रो सपोर्ट पाउन सके नेपाली र्‍यापको माग बढ्ने उनको दाबी छ । ‘फ्युचर राम्रो छ, क्राउड कहिलेकाहीं बढी जोस्सिँदा सम्हाल्न गाह्रो हुन्छ’ उनले भने । आफूलाई गाह्रो पर्दा पनि अरुलाई सहयोग गरौं भन्ने भावना छ उनमा । मनमा लागेको कुरा भनिहाल्ने बानीका कारण कतिपय साथीले चित्त पनि दुखाउँछन् उनीसँग । 
पुरा पढ्नुहोस्
ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको प्रस्तुतीमा चलचित्र ‘शिरसुबा’ निर्माण हुने भएको छ । यो ब्रेज मेश्रो फिल्म प्रोडक्सनले निर्माण गर्न लागेको दोस्रो चलचित्र हो । चलचित्रको आइतबारबाट छायांकन सुरु भएको छ ।अभिभावकको चाहना नमिल्दा छोराछोरी र अभिभावक बिच आइपर्ने समस्यालाई चलचित्रमा प्रस्तुत गर्न खोजिएको निर्देशक माओत्से गुरुङले बताए । टिम राम्रो भएकाले आफुलाई चलचित्र निर्माण गर्न सहज हुने उनको भनाई थियो ।
पुरा पढ्नुहोस्
उनीहरू फरक–फरक विद्यालयमा अध्ययनरत छन् । सबै ह्यान्डबल खेल्न रुचाउँछन् । कसैले यसअघि नै प्रतियोगितामा भाग लिएर अनुभव हासिल गरिसकेका छन् । कोही भने पहिलो पटक प्रतियोगितामा भाग लिन पुगेका हुन् । त्यसैले उनीहरू सबै उत्साहित देखिन्छन् । उनीहरूको खेल कौशलमा निखार ल्याउन प्रशिक्षकले सहजीकरण गरिरहेका छन् 
पुरा पढ्नुहोस्
संगीतमा केही गर्न १२ वर्षपछि केवल र ९ वर्ष पछि राज नेपाल फर्किएर कस्सिएर लागिपरेका छन् । पार्ट टाइम काम गर्दै पढेका राज र केवल पछि अन्य काम छोडेर संगीतमै लागे । अहिले नेपालका मेजर सिटीका अतिरिक्त भित्र–भित्रका ठाउँमा समेत पुग्ने योजनाका साथ टुरमा हिँडिरहेका राज र केवल २२ वटा ठाउँमा कार्यक्रम गर्ने योजनामा छन् । केही ठाउँमा कार्यक्रम सम्पन्न भैसकेको छ भने थप ठाउँबाट पनि कुरा आएको उनीहरूको भनाइ छ ।
पुरा पढ्नुहोस्
म आफू मात्र अघि बढ्नेमा विश्वास गर्दिन, म त यहाँ पुगे, म त एक्लै चल्छु भन्ने भम्र पाल्दिन, म जुन स्क्रिप्ट हेर्छु म त छु तर त्यो कथामा मेरा साथीहरू छन् कि छैनन्, छैन भने निकालौ भन्ने सोच्छु । ग्रुप टिकाउन आफ्ना बारेमा मात्र सोच्नु हुँदैन, स्वार्थी हुनु हुँदैन् । ममाथि यो गुप्र टिकाउने चुनौती पनि छ ।
पुरा पढ्नुहोस्