सिर्जना दुवाल श्रेष्ठका लेखहरु
रातभर नसुती कन्सेप्ट तयार गर्थें । कसलाई कुन पहिरन लगाइदिने, के–कस्ता एसेसरिजहरू प्रयोग गर्ने र कुन–कुन ठाउँमा के–कस्ता कन्सेप्ट र कथा जोड्ने थिम बनाइरहन्थें । म हरेक कन्सेप्टमा नेपाली कथा–व्यथा जोड्ने प्रयास गर्थे । 
पुरा पढ्नुहोस्
फेसन ट्रेन्डमा हिँड्न कसलाई पो मन नलाग्ला र ? फेसन पारखीहरूले समरलाई बेस्ट सिजनका रूपमा लिए पनि अहिले जो–कोही विन्टरमा समेत स्मार्ट लुक्स दिन माहिर भैसकेका छन् । यद्यपि वर्षातको समयमा भने फेसनेबल र चुजी पुस्तालाई पहिरनको मामिलामा केही सकस हुन्छ ।
पुरा पढ्नुहोस्
सोसल मिडियामा पटक्कै मन जाँदैन । समय अनुसार अपडेटका लागि मात्र चलाउँछु । यस्तो लाग्न थालेको छ, यदि यी सोसल मिडिया नहुने हो भने कति राम्रा–राम्रा सिर्जना होलान् ? हामीले यसमा समय मात्र बर्बाद गरिरहेका छौं । यसमा अरूलाई देखाउनु मात्र छ आफ्ना लागि कुनै उपलब्धिमूलक कुरा देख्दिनँ ।
पुरा पढ्नुहोस्
हामी जति आधुनिक हुँदै गए पनि हामीले आफ्नो संस्कृति एवं सामाजिक परम्परालाई त्यति नै गहनताका साथ आत्मसात गरिरहेका छौं । यसको उदाहरणका रूपमा हिन्दू महिलाहरूमाझ लोकप्रिय साउने सोमबार तथा तीजको व्रतलाई लिन सकिन्छ । साउने सोमबारका दिन विवाहित महिलाहरू भगवान शिवको आराधना गर्दै व्रत बस्छन् ।
पुरा पढ्नुहोस्
स्ट्रिक्स प्रोफसनलद्वारा आयोजित केशको सौन्दर्यसम्बन्धी मेगा शो ‘हेयर एन्ड बियोन्ड’ गत साता सोल्टी होटलमा सम्पन्न भएको छ । उक्त शोमा ७० को दशकमा लोकप्रिय केश विन्यासका विभिन्न शैलीलाई रि–लन्च गरिएको थियो ।
पुरा पढ्नुहोस्
होटलमा गाउनेहरू खतरा नै हुन्छन्, किनभने उनीहरू हजारौं गीत गाउन सक्छन् । आफ्नो मात्र गीत गाउनेहरूमा अरूका गीत गाउने बानी हुँदैन । उनीहरू आफ्नै शैलीमा मात्र पोख्त हुन्छन्, भर्सटाइल हुन सक्दैनन् ।
पुरा पढ्नुहोस्