मुना गौचन मुम्बइमा मोडलिङ गर्छिन् । डेढ वर्षदेखि उतैको एजेन्सीमार्फत विभिन्न ब्राण्डका विज्ञापन फोटोसुट र म्युजिक भिडियोमा व्यस्त थिइन् । कोभिड–१९ का कारण काम ठप्प भएपछि नेपाल आएकी उनी व्यस्त जीवनवाट फुर्सद मिलेकोमा केही समय खुशी थिइन् । तर लकडाउन लम्बिँदै जाँदा आफूलाई व्यस्त बनाउन ब्लगिङमा सक्रिय भइन् । यसबीच आफ्ना नृत्यका भिडियो ब्लग, फेसबुक र इन्टाग्राममा राख्दै आएकी छिन् ।
सानैमा मुनालाई डाक्टर बन्ने चाहना थियो । उनलाई परिवारले सक्रिय बनाउनुपर्छ भनेर स्कुलका विभिन्न कार्यक्रममा भाग लिन लगाउँथे । उनी मख्ख पर्दै सहभागी हुन्थिन् । त्यसै क्रममा कक्षा ६ मा पढ्दा ‘लिटिल मिस काठमाडौं’ र एसएलसीपछि ‘एसएलसी प्रिन्सेस’मा भाग लिएपछि उनलाई मोडलिङमा रुची बढ्न थाल्यो । उनी हाउस अफ फेसनमा आबद्ध भइन् । त्यसपछि मोडलिङमा करियर शुरु भयो । उनले ¥याम्प, फोटोसुट र विज्ञापनमा काम पाउन थालिन् ।
- सिर्जना दुवाल श्रेष्ठ
तस्विरः महेश प्रधान

मुना गौचनका थप तस्बिरहरु

थप ब्लोअप