पुस्तक

नेपालमा राजतन्त्र हटाउन  भारतीय जासुस !

युवराज गौतम, भाद्र २१, २०७६

सशस्त्र विद्रोह गरिरहेको तत्कालीन माओवादीका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फकाएर राजतन्त्र हटाउन भारतीय गुप्तचर संस्था ‘रअ’को विशेष भूमिका रहेको पुस्तकमा उल्लेख छ । रअकै पूर्व विशेष निर्देशक अमर भूषणले हालै सार्वजनिक गरेको उक्त पुस्तकमा पहिले राजतन्त्रलाई संवैधानिक बनाउन र पछि हटाउन गोप्य रूपमा भूमिका खेलेको कुरा बताइएको छ ।  पुरा पढ्नुहोस्

भूपिनको मैदारो 

साप्ताहिक संवाददाता , वैशाख ३, २०७६

कवि तथा निबन्धकारको पहिचान बनाएका भूपिन अब उपन्यासकारका रूपमा आएका छन् । उनको पहिलो उपन्यास ‘मैदारो’ सार्वजनिक भएको छ । यसैसाता, प्रज्ञा प्रतिष्ठान डबलीमा भएको कार्यक्रममा साहित्यकार तथा राजनीतिकर्मी आहुती, आख्यानकार नयनराज पाण्डे र अधिकारकर्मी मोहना अन्सारीले पुस्तक विमोचन गरेका हुन् । पुरा पढ्नुहोस्

मीनराजको पिपिरी आयो बजारमा

साप्ताहिक संवाददाता , फाल्गुन १९, २०७५

मीनराज वसन्तको आख्यान ‘पिपिरी’ काठमाडौंको कुञ्ज थिएटरमा विमोचन गरिएको छ । कवि हाङयुग अज्ञात, लेखक तथा समालोचक सगुना शाह र आख्यानकार अमर न्यौपानेले संयुक्त रूपमा उपन्यास विमोचन गरेका हुन् ।  पुरा पढ्नुहोस्

पत्रकार श्रीष भण्डारीको ‘अठोट’

साप्ताहिक संवाददाता , पुस २४, २०७५

दुई दशकदेखि पत्रकारितामा संलग्न श्रीष भण्डारीको ‘अठोट’ पुस्तक प्रकाशित भएको छ । सरल भाषामा लेखिएको यो पुस्तक १८ अध्यायमा बाँडिएको छ । सबै उमेर समूहका व्यक्तिले यो पुस्तक पढेर ज्ञान हासिल गर्न सक्छन् । पुरा पढ्नुहोस्

जीवन खत्रीको आगोको वर्णमाला

साप्ताहिक संवाददाता , पुस २३, २०७५

पछिल्लो दशकका लोकप्रिय युवाकवि जीवन खत्रीे कवितासंग्रह ‘आगोको वर्णमाला’ लिएर बजारमा आएका छन् । कवि खत्री विगत एक दशकदेखि साहित्य लेखन र साहित्यिक गतिविधिमा क्रियाशील छन् । ४९ थान कविता रहेको कवितासंग्रहलाई ‘यूरेका पब्लिकेसन’ले प्रकाशन गरेको हो । पुरा पढ्नुहोस्

बान्तवा राई समुदाय र संस्कृति बजारमा

साप्ताहिक संवाददाता , पुस २, २०७५

कृति विमोचन पश्चात राई समुदाय र संस्कृतिको बारेमा लेखिएको यो पहिलो पुस्तक भएको विज्ञहरुले बताएका थिए । यस कृतिले नेपाली समाजको बहुसांस्कृतिक पक्षलाई झल्काएको मात्र छैन यसले अन्य समुदाय र संस्कृतिको पनि अध्ययन र अनुसन्धान गर्न उत्प्रेरित गरेको छ । पुरा पढ्नुहोस्

मनीषा कोइरालाको आत्मकथा

साप्ताहिक संवाददाता , कार्तिक २९, २०७५

उनले आफ्नो संघर्ष एवं निजी कुरा ‘हिल्ड’ शीर्षकको पुस्तकमा बयान गरेकी छिन् । अभिनेत्री कोइरालाले पुस्तकको मुख्यपुष्ठका साथ ट्विट गरेकी छिन्, ‘क्यान्सरबाट बचेर जीवनलाई फेरि जिउनु र आफूलाई फेरि पाउनु एउटा सबक हो ।’ पुरा पढ्नुहोस्

टिष्टुङ चिनारी पुस्तक बिमोचन

साप्ताहिक संवाददाता , कार्तिक ४, २०७५

पत्रकार एवं लेखक रामजी बलामीको दोश्रो पुस्तक ‘टिष्टुङ चिनारी’ को हालै बिमोचन गरिएको छ । पुस्तकमा उत्तरी मकवानपुरको थाहानगरस्थित ऐतिहासिक बस्ती टिष्टुङको गोपालवंशदेखि गणतन्त्रसम्मका विषयवस्तुहरु समावेश छन् । नाम हराएको ठाउँ टिष्टुङका बारेमा वास्तविक जानकारी प्राप्त गर्न पुस्तक उपयोगी हुने देखिन्छ । पुरा पढ्नुहोस्

सदावहार १० पुस्तक

अमर न्यौपाने, आश्विन २५, २०७५

महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदनमा मानवतावादी र लोकजीवनको सजीव चित्रण भेटिन्छ । यसको आकर्षक झ्याउरे लय तथा मन्त्र जस्ता लाग्ने हरफहरूले हर कसैको मन छुन्छ । दिमागभन्दा मन छुने पुस्तक हो— मुनामदन । पुरा पढ्नुहोस्

संस्मरण, कविता र जीवनीको साझा पुस्तक

साप्ताहिक संवाददाता , आश्विन १६, २०७५

हङकङमा रहेर नेपाली भाषा, साहित्य र वाङ्मयमा निरन्तर लागि परिरहेको साहित्यिक साझा श्रृखलाले आफ्नो ७ औँ बार्षिक उत्सव मनाएको छ । बार्षिक उत्सवको अवसर पारेर श्रृखलाले भाग ४ पुस्तक समेत सार्वजनिक गरेको छ । पुरा पढ्नुहोस्

उत्तमको आहा हिमाल सार्वजनिक

साप्ताहिक संवाददाता , आश्विन ११, २०७५

नियात्राकार उत्तम भट्टराईको नियात्रा संग्रह ‘आहा हिमाल’ को आज विमोचन सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष लेकालीले शुभकामना मन्तव्य व्यक्त गर्दै यात्रा साहित्य अहिले सबैभन्दा पढिने विधा भएको हुँदा यो कृतिले नेपाली पर्यटनका धेरै नदेखिने पक्ष समेटेको हुनाले अन्तर्राष्ट्रियस्तरमा यो विशेष कृतिका रुपमा जान सक्ने विचार पोखे । पुरा पढ्नुहोस्