अब हाम्रो पालो

साउनमा दार्‍ही–कपाल नकाट्ने चलन कस्तो लाग्छ ?

साप्ताहिक संवाददाता , श्रावण २८, २०७६

यो चलन होइन, आ–आफ्नो इच्छाको कुरा हो । यसमा यो साउन महिना, त्यो चैत महिना भन्ने हुँदैन । आफ्नो इच्छाले राख्ने र फाल्ने हो । अरूले के भन्लान् भन्नेतिर ध्यान दिनु हुँदैन, किनभने दार्‍ही–कपाल आफ्ना निजी सम्पत्ति हुन् । पुरा पढ्नुहोस्

पुरुषले गाएको तीज गीत कस्तो लाग्छ ?

साप्ताहिक संवाददाता , श्रावण २०, २०७६

महिलाले मात्र चाडपर्व मान्दा विभेद हुन्छ, त्यसैले दसैं, तिहार, छठ आदि जस्तै तीजमा पनि सबै मिलेर रमाउनुपर्छ । सिर्जनामा विभेद गर्नु पनि हुँदैन । तीजमा महिलाले नै पोइल जान पाम भनेर गाउने अनि पुरुषलाई चाहिँ गीत नै गाउन नदिएपछि कोसँग पोइला जाने त ? पुरा पढ्नुहोस्

तपाईंको सफलतामा तपाईंको साथीको भूमिका के–कति छ ?

साप्ताहिक संवाददाता , श्रावण १३, २०७६

जिन्दगीका मोडहरूमा विभिन्न समयमा केही स्वार्थी त केही असल गरेर विभिन्न खालका साथी फेला परे । स्वार्थी सावित भएका साथीहरूले केही नयाँ पाठ सिकाए भने असल साथीहरूले विद्यालयदेखि विश्वविद्यालय हुँदै आजसम्म पनि सहयोग, हौसला र साथ दिइरहेका छन् ।  पुरा पढ्नुहोस्

खानेकुरामा प्रयोग हुने विषादीको प्रकोपबाट जोगिन के गर्नुपर्ला ?

साप्ताहिक संवाददाता , श्रावण ७, २०७६

खानेकुरामा परिसकेको विषादीबाट कसरी जोगिनेभन्दा पनि कसरी मिसावट भयो, त्यसमै ध्यान पुर्‍याउनुपर्‍यो । हामी सबै आ–आफ्नो स्वास्थ्य प्रतिसजग हुनुपर्छ । सरकारका सम्बन्धित निकायले पनि प्रभावकारी ढंगले कदम चाल्नुपर्छ ।  पुरा पढ्नुहोस्

झमझम पानी पर्दा  मनमा कस्ता तर्कना उठ्छन् ?

साप्ताहिक संवाददाता , असार २८, २०७६

झरी पर्दा लभवाला फिलिङस आउँछ । परीहरू भिजेको देख्न पाइन्छ । अझ भनौ छाता नलिई हिँडेकाहरू रुखको फेदमा ओत लागेको देख्दा, म किन बाहिर गईन घुम्न भन्ने भावना आउँछ ।  पुरा पढ्नुहोस्

एसएलसी/एसईईको रिजल्ट  आएको दिनलाई कसरी स्मरण गर्नुहुन्छ ?

साप्ताहिक संवाददाता , असार २१, २०७६

आफ्नो त २०६५ को एसएलसी । रिजल्ट आयो तर आफ्नो सिम्बल नम्बर आएन । कता अड्किएछ भनेर खोज्दै जाँदा त अंग्रेजी बाबाले समातेर बसिरा’को रहेछ । अब भएन त बर्बाद, सबै साथी क्याम्पसतिर आफू फेरि ट्युसनतिर । पुरा पढ्नुहोस्

एसईईपछि विदेश पढ्न जान नपाउने नियम कस्तो लाग्यो ?

साप्ताहिक संवाददाता , असार १४, २०७६

सही, ग्रेट भन्नेहरू सबै यूएसए, अस्ट्रेलिया जान पाउने हो भने आफ्नो खेतबारी बेचेर भए पनि जान तयार हुन्छन् । साथीहरू व्यवहारिक हुनुहोस् । रियालिटी लुकाएर बाहिर सद्धे बन्न नखोज्नुहेस् ।  पुरा पढ्नुहोस्

नेपाली सिनेमा भनेपछि  किन नाक खुम्च्याइन्छ ? 

साप्ताहिक संवाददाता , असार ९, २०७६

अभिनय र निर्देशन त ठिकै हो, बिस्तारै सुध्रिन्छ तर फिलिमको कास्टिङ नै झुर हुन्छ, कलाकारहरूको चयन पटक्कै मिलेको हुँदैन, कसरी हेर्नु ? पुरा पढ्नुहोस्

नेपाली सिनेमा भनेपछि  किन मुख खुम्च्याइन्छ ?

साप्ताहिक संवाददाता , जेष्ठ ३२, २०७६

प्रायः कथा कुनै न कुनै विदेशी फिल्मबाट चोरिएको हुन्छ अनि त्यो नक्कल पनि निकै कमजोर र भद्दा हुन्छ । निर्देशन अझ झुर हुन्छ । कथाअनुसार अभिनय हुँदैन । प्रस्तुति सबैभन्दा फितलो हुन्छ । त्यसकारण नेपाली फिल्म हेर्न मन लाग्दैन । पुरा पढ्नुहोस्

चर्को गर्मी छल्ने उपाय के होला ? 

साप्ताहिक संवाददाता , जेष्ठ २९, २०७६

काठमाडौं बस्नेहरू १५ दिनका लागि चितवन जाने अनि काठमाडौं फर्कने । त्यसपछि थाहा हुन्छ काठमाडौंमा कति गर्मी छ भन्ने कुरा ।  पुरा पढ्नुहोस्

नारायणहिटी दरबार हत्याकाण्डका सम्बन्धमा के भन्नुहुन्छ ? 

साप्ताहिक संवाददाता , जेष्ठ १९, २०७६

सम्पूर्ण राजपरिवारको हत्या गरी ज्ञानेन्द्रको परिवार र राजपरिवारका बाँकी सदस्यलाई केही नगर्नु भनेको यो सम्पूर्ण षड्यन्त्र ज्ञानेन्द्रको हो भनी देखाउन राष्ट्रघाती तत्वलाई हातमा लिएर गरिएको विदेशी षड्यन्त्र हो । यदि ज्ञानेन्द्र दोषी छन् भने राजदरबार हत्याकाण्डको पुनः छानबिन गरियोस् ।  पुरा पढ्नुहोस्