तिहार

म्ह:पूजा रमाइलो लाग्छ

साप्ताहिक संवाददाता , कार्तिक १०, २०७६

नेवार समुदायमा तिहारका बेलामा मनाइने म्ह:पूजा मलाई निकै रमाइलो लाग्छ । यसमा ठूलाले सानाको शरीरको पूजा गरिन्छ । मेरो संयुक्त परिवार भएकाले हरेक वर्षको म्ह:पूजाको दिन विशेष हुन्छ । करिब २५ देखि ३० जना जम्मा भएर म्ह:पूजा गरिन्छ । परिवारका सदस्य धेरै भएकाले हामी पालैपालो म्ह:पूजा गर्छौं । पुरा पढ्नुहोस्

एक जुग नै निधार खाली 

साप्ताहिक संवाददाता , कार्तिक १०, २०७६

करिब १० वर्षअघिको भाइटीकाका दिन सबैलाई भाइटीकाको शुभकामना छ, तर मेरा दिदीबहिनी नभएकाले भाइटीका छैन भनेर फेसबुकमा स्टाटस अपलोड गरें । उक्त स्टाटस गायिका कुन्ती मोक्तान दिदीले हेर्नुभएछ । उहाँले मलाई तत्कालै फोन गरेर हामी दिदीभाइको सम्बन्ध त छँदै छ, तर तपाईंका दिदीबहिनी हुनुहुन्न रहेछ त्यसैले यसपाली म तपाईंलाई भाइटीका लगाइदिन्छु भन्नुभयो । त्यसपछि मैले निरन्तर उहाँसँगै भाइटीका लगाउँदै आएको छु । पुरा पढ्नुहोस्

सामान्य तरिकाले लक्ष्मीपूजा 

साप्ताहिक संवाददाता , कार्तिक १०, २०७६

तिहार मलाई मनपर्ने चाड हो । यो पर्वमा काग, कुकुर, गाई तथा गोरुको पूजा गरिन्छ । यो पक्ष मलाई अत्यन्तै मनपर्छ । धनकी देवी लक्ष्मीको पूजाको दिनले मन थप प्रफुल्लित बनाउँछ । यो दिन हरेकका घर–आँगन सिंगारिएका हुन्छन्, सबैतिर झिलिमिली हुन्छ । फूलमाला उनेर मूलढोका तथा झ्यालहरूमा लगाउने, लक्ष्मीपूजा गरिसकेपछि भैलो खेल्ने जस्ता कुरा मलाई असाध्यै रमाइलो लाग्छ । पुरा पढ्नुहोस्

खालका खेलाडी

महेश तिमल्सिना , कार्तिक १०, २०७६

जब तिहार लाग्छ, समाजमा जुवाका अनेकन मझेदार किस्सा सुन्न पाइन्छ । तिहारमा जुवाडेहरूले त खालहरूमा दाउ लगाउने नै भए । कतिपय सर्वसाधारणले समेत यो फेस्टिब मुडमा मनोरन्जनका लागि तास फिटेकै हुन्छन् । सामान्य मानिसदेखि चर्चित सेलिब्रिटीसम्म तिहारमा तास नफिट्ने महिला–पुरुष विरलै फेला पर्छन् । अझ जुवा–तासका पारखीहरू दसैंदेखि नै खालमा जमिरहेका हुन्छन् ।  पुरा पढ्नुहोस्

सिस्नुपानीको देउसी–भैलो

नेमिष गौतम, कार्तिक १०, २०७६

रोचक एवं घोचक किसिमका हास्यव्यंग्य प्रस्तुतिका लागि चिनिने सिस्नुपानीले तिहारको माहौलमा आफूलाई फरक रूपले प्रस्तुत गर्दै आएको छ । फरक यस अर्थमा कि तिहारको यो वातावरणमा सिस्नुपानीले प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, राजनीतिक दलका नेतादेखि सर्वसाधारणलाई एकै ठाउँ जम्मा पारेर मनोरञ्जक प्रस्तुति दिने गरेको छ । पुरा पढ्नुहोस्

प्रेम र संस्कृतिको प्रतीक तिहार

डा. नम्रता पाण्डे, कार्तिक १०, २०७६

कुनै पनि घरमा सुख, समृद्धि, प्रसन्नता र शान्ती छ भने त्यसको कारण हो उक्त घरमा दाजुभाइ एवं दिदीबहिनीको सम्बन्ध सुमधुर र प्रेमिल छ । जुन घरमा पारिवारिक प्रेम,आत्मियता र सहयोगी भावना छैन त्यो घरमा दरिद्रता, गुनासो र अशान्ति बाहेक केहि हुँदैन । सम्पत्ति, सम्मान, पद र समृद्धि त्यतिबेला झल्किन्छ जतिबेला दाजुभाइ, दिदीबहिनीको प्रेम बाआमाले महसुस गर्न पाउनुहुन्छ र उहाँहरुको आँखाबाट हर्षका आँसु वर्षन्छन् अनि चाउरिएका अनुहारबाट मिठो हाँसो फुत्कन्छ । पुरा पढ्नुहोस्