एकल गायन

सुर साधनामा सुनिए डेनी निरौला

साप्ताहिक संवाददाता , चैत्र ३, २०७६

सांस्कृतिक संस्थानले हरेक महिना आयोजना गर्दै आएको एकल गायन श्रृंखला ‘सुर साधना’को अठारौँ संस्करणमा गायक तथा संगीतकार डेनी निरौला सुनिए । पुरा पढ्नुहोस्

पोखरामा गुञ्जिए गीतकार श्रापितका गीत/संगीत

साप्ताहिक संवाददाता , फाल्गुन २९, २०७६

पोखरामा गीतकार ‘सुमन श्रापित एकल सांगीतिक साँझ–२०७६’ हुने भएको छ । उनले रचना गरेका ‘गीत सिरीमा सिरी’, ‘आमाबाट सिके मैले’, ‘बादल फाँटेको बेला’, ‘जसलाई मुटुको अंश’, ‘तिम्रो मधुर मुस्कानले’, ‘दिलराजा दिलरानी’, ‘काली काली दिलवाली’ लगायतका गीत स्रोताले बढी रुचाएका थिए । पुरा पढ्नुहोस्

आफ्नै जन्मस्थानमा एक्लै गुञ्जिदै गायक रामकृष्ण ढकाल

साप्ताहिक संवाददाता , फाल्गुन १५, २०७६

यहि फागुन १७ गते निजगढमा गायक रामकृष्ण ढकालको एकल साँझ हुँदै छ । आफ्नो एकल साँझका बारेमा जानकारी दिदै गायक ढकालले भनेका छन्– ‘वाद्यवादककासाथमा पहिलो पटक आफ्नो जन्मस्थानमा प्रस्तुति दिदैँछु ।’ पुरा पढ्नुहोस्

रामकृष्ण ढकाल सुमधुर साँझ इन सिड्नी 

साप्ताहिक संवाददाता , पुस २४, २०७६

अष्ट्रेलियाको सिड्नीमा गायक रामकृष्ण ढकालको एकल साँझ हुने भएको छ । आगामी मार्च ६ तारिखमा हुने उक्त एकल साँझको नाम ‘रामकृष्ण ढकाल सुमधुर साँझ इन सिड्नी’ राखिएको छ ।  पुरा पढ्नुहोस्

लण्डनमा गुञ्जिए गायक दीप श्रेष्ठ

साप्ताहिक संवाददाता , श्रावण ६, २०७६

आफ्नो सांगीतिक यात्रा ५० वर्ष पुगेको अवसरमा लिभिङ लेजेण्ड गायक दीप श्रेष्ठ शुक्रबार राती लण्डनमा गुञ्जिए । ‘दीप श्रेष्ठ साँझ हाम्रो माझ नाम’ दिएको ऊक्त सांगीतिक कार्यत्रममा गायक श्रेष्ठले करिब दुई घण्टा निरन्तर नयाँ पुराना गीतहरु प्रस्तुत गरे । पुरा पढ्नुहोस्

नाचघरमा गुन्जिए बुद्धवीरका शब्द

साप्ताहिक संवाददाता , असार २३, २०७६

करिव करिब ४ घन्टा चलेको कार्यक्रममा गीतकार लामाका शब्द र नारायण लामा र प्रमिला लामाको स्वर रहेको ‘कागको फुल चोर्ने’ र रमेश बोखिम राईको स्वर संगीत रहेको ‘मैच्याङ’ नाम दुई एल्बम समेत बिमोचन गरिएको थियो ।   पुरा पढ्नुहोस्

भक्तपुरबाट प्रारम्भ हुँदैछ दीपकको मन मगन यात्रा

साप्ताहिक संवाददाता , माघ १८, २०७५

लोकप्रिय गायक दीपक बज्राचार्य भक्तपुरमा आयोजना हुने एउटा वृहत एकल गायन कार्यक्रममा प्रस्तुत हुने भएका छन् । पछिल्लो समय लोकप्रिय भएको उनको गीत ‘मन मगन’ लाई शीर्षक राखेर आयोजक संस्था रश लाइट मिडियाले ‘मन मगन यात्रा’ अन्तर्गत ‘मन मगन भक्तपुर–२०७५’ शीर्षकको एकल गायन कार्यक्रम आयोजना गर्न लागेको हो । पुरा पढ्नुहोस्

हङकङ भद्रकला साँझमा तनाव, राजेशपायलले स्टेज छाडे

अनोज रोक्का, माघ २, २०७५

हङकङमा सम्पन्न ‘भद्रकला एकल साँझ’मा आयोजक र गायक राजेशपायल राईबीचको असमझदारीले दर्शकहरुलाई अन्योलमा पार्‍यो । राईले गीत गाउँदा गाउँदै आयोजकहरुले माईक्रोफोनको साउण्ड अफ गरिदिए ।त्यसपछि राजेशले स्टेज छाडेपछि तनाव उत्पन्न भएको हो ।  पुरा पढ्नुहोस्

एकल साँझमा गुञ्जिए अर्जुन

साप्ताहिक संवाददाता , आश्विन २८, २०७५

गायनहुँदै संगीत साधनामा लागेका पोख्रेल पहिलो पटक काठमाडौंको राष्ट्रिय नाचघर जमलमा आफ्ना सिर्जना सहित एकल रुपमा प्रस्तुत भएका हुन् । बिन्धवासिनी फाउन्डेशनले आयोजना गरेको ‘बिन्धवासिनी संगीत साँझ’मा गायक तथा संगीतकार पोख्रेललाई अहिलेका चर्चित गायक गायिकाहरुले साथ दिएका थिए । पुरा पढ्नुहोस्

अमेरिकामा ‘अन्जु पन्त सुमधुर सन्ध्या’ सम्पन्न

साप्ताहिक संवाददाता , श्रावण ११, २०७५

अमेरिकाको बोस्टनमा ‘अन्जु पन्त सुमधुर सन्ध्या बोस्टन’ सम्पन्न भएको छ । २२ जुलाईको साँझ नेपालीहरुको बाक्लो उपस्तिथीमा पन्तको एकल साँझ सम्पन्न भएको हो । उक्त सुमधुर सन्ध्या भव्य रुपमा सफल भएको कार्यक्रम संयोजक सुरेश वाग्लेले बताएका छन् । पुरा पढ्नुहोस्

अमेरिकाको बोस्टनमा अन्जु पन्त एकल गायन

साप्ताहिक संवाददाता , श्रावण ६, २०७५

गायिका अन्जु पन्तको यो तेस्रो एकल गायन साँझ हो । उनले यसअघि पहिलो पटक नेपाल प्रज्ञा प्रतिष्ठानमा अन्जु पन्त एकल साँझ आयोजना भएको थियो भने दोस्रो पटक बागबजारस्थित हेल्लो क्याफेमा सम्पन्न भएको थियो। पुरा पढ्नुहोस्