चलचित्र

औसत साइनो, दुई असफल

साप्ताहिक संवाददाता , भाद्र १, २०७६

गत साता थिएटरमा तीन चलचित्र ‘साइनो’, ‘रे’ तथा ‘काँचुली’ प्रदर्शनमा आए । दुई चलचित्र ‘रे’ र ‘काँचुली’लाई छाडेर हेर्दा चलचित्र ‘साइनो’ले केही हदसम्म दर्शकलाई हलसम्म तान्यो । नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन थापा चन्दले निर्माण गरेको यो चलचित्रले प्रदर्शनको अघिल्लो दिन प्रिमियर शो गरेको थियो जहाँ चलचित्र हेर्न चलचित्रकर्मीहरूको बाक्लो उपस्थिति थियो । पुरा पढ्नुहोस्

काँचुली र रे प्रदर्शन

साप्ताहिक संवाददाता , श्रावण २४, २०७६

यथार्थपरक सामाजिक घटना समेटिएको चलचित्र ‘काँचुली’ पनि यसै साता प्रदर्शनमा आएको छ  । यस्तै, प्रेमकथात्मक चलचित्र ‘रे’ पनि यसै साता रिलिज भएको छ  । चलचित्र वृत्तमा ‘राते काइँला’का रूपमा परिचित अभिनेता सुनिल थापालाई डनका रूपमा प्रस्तुत गरिएको यो चलचित्रमा दर्शकले अभिनेता दिवस धिताल तथा अभिनेत्री सुजाता थापाको रोमान्स हेर्न पाउनेछन् । पुरा पढ्नुहोस्

प्रथम अभिनेत्री चन्दको साइनो हल हलमा

साप्ताहिक संवाददाता , श्रावण २४, २०७६

नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन थापा चन्दले निर्माण गरेको यो चलचित्र रमेश थापाले निर्देशन गरेका हुन् । निर्देशक थापा आफ्नो चलचित्र ‘साइनो’को तीस वर्ष अघि बनेको चलचित्र ‘साइनो’सँग कुनै साइनो नरहेको कुरा बताउँछन् । चलचित्रले त्रिकोणात्मक अन्तरजातीय प्रेमकथा बोकेको छ । पुरा पढ्नुहोस्

एकलव्य र सुपर गोर्खे दुवै व्यापारमा कमजोर

साप्ताहिक संवाददाता , श्रावण १८, २०७६

पारिवारिक प्रेमकथामा आधारित चलचित्र ‘एकलव्य’का निर्देशक अनमोल शर्मा र त्यही विषयको अर्को चलचित्र ‘सुपर गोर्खे’का निर्देशक राज थापा हुन् । चलचित्रका वितरक गोपालकाजी कायस्थका अनुसार दुवै चलचित्रको व्यापार उल्लेख गर्न योग्य छैन । पुरा पढ्नुहोस्

उमेरभन्दा पाको भूमिकामा समिर 

साप्ताहिक संवाददाता , श्रावण १७, २०७६

समीरले अहिलेको उमेरभन्दा निकै पाको भूमिकामा अभिनय गरेका छन् । ‘म दाह्री–कपाल फुलेको, ठूलो भूँडी भएको चरित्रमा प्रस्तुत हुँदैछु । मिडलाइफ क्राइसिसमा केन्द्रित यो चलचित्रले दर्शकलाई जबरजस्ती हँसाउँदैन । चलचित्र मनोरञ्जक छ, यसमा कथाअनुसार दर्शक हाँस्छन् । पुरा पढ्नुहोस्

ऋचासिंह ठकुरीको सुपर गोर्खे हलमा

साप्ताहिक संवाददाता , श्रावण १०, २०७६

ऋचासिंह ठकुरीले प्रमुख भूमिका निर्वाह गरेको चलचित्र ‘सुपर गोर्खे’ यसै साता प्रदर्शन भएको छ । एकताका चलचित्रमा व्यस्त अभिनेत्री ऋचाले यही चलचित्रमार्फत अभिनयमा पुनरागमन गर्दैछिन् । पुरा पढ्नुहोस्

यो साता एकलव्य

साप्ताहिक संवाददाता , श्रावण १०, २०७६

यो साता चलचित्र ‘एकलव्य’ प्रदर्शनमा आउँदैछ । पारिवारिक प्रेमकथामा आधारित यो चलचित्रको निर्देशन अनमोल शर्माले गरेका हुन् । चलचित्र एकलव्यमा सोनाम थापामगर, ओसन भट्टराई, पुष्कर राउत, सुशील पोखरेल, सुष्मा कार्की, महिमा सिलवाल, राजेन्द्र दुलाल, बिराग लोगुन आदिको अभिनय छ ।   पुरा पढ्नुहोस्

तीन महिनामा कति चले नेपाली चलचित्र 

साप्ताहिक संवाददाता , श्रावण ५, २०७६

अघिल्लो वर्ष २०७५ मा नेपाली चलचित्रको व्यापारिक अवस्था निराशाजनक थियो भने नयाँ वर्ष २०७६ को आगमनसँगै निराशाजनक अवस्थामा सुधार आउला भन्ने चलचित्रकर्मीमा ठूलो आशा थियो । यद्यपि २०७५ को चैत मसान्तमा रिलिज चलचित्र ए मेरो हजुर ३ र यात्रा : ए म्युजिकल भ्लगदेखि असार मसान्तमा रिलिज चलचित्र सानो मनसम्मको व्यापार हेर्दा आशा गर्ने ठाउँ देखिएको छैन । पुरा पढ्नुहोस्

सानो मन लाई मिश्रित प्रतिक्रिया 

साप्ताहिक संवाददाता , श्रावण ३, २०७६

अघिल्लो साता प्रदर्शनमा आएको चलचित्र ‘सानो मन’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । सांगीतिक प्रेमकथामा आधारित आयुष्मान देशराज जोशी तथा अभिनेत्री शिल्पा मास्के अभिनित यो चलचित्रको कथा दर्शकले रुचाएको पाइन्छ । युवाहरूको मनोविज्ञान प्रस्तुत गरिएको यो चलचित्रले मुख्य रूपमा आयुष्मान र शिल्पाको प्रेमकथामै केन्द्रित छ ।  पुरा पढ्नुहोस्

आजबाट हरर चलचित्र घर प्रदर्शन

साप्ताहिक संवाददाता , श्रावण ३, २०७६

यो साता हरर चलचित्र ‘घर’ प्रदर्शनमा आउँदैछ । हरर चलचित्र ‘सुनकेशरी’का निर्देशक अभिनेता तथा निर्देशक अर्पण थापाले नै यो चलचित्रको निर्देशन गरेका हुन् । अर्पण थापा, बेनिशा हमाल तथा सुरक्षा पन्तले प्रमुख भूमिका निर्वाह गरेको चलचित्र घरमा दर्शकले आत्मा र मानिसबीचको द्वन्द्व हेर्न पाउनेछन् । पुरा पढ्नुहोस्

सानो मन आजबाट प्रदर्शनमा

साप्ताहिक संवाददाता , असार २७, २०७६

२० असारमा प्रदर्शन हुने भनिएको चलचित्र ‘सानो मन’ २७ असार आजबाट प्रदर्शनमा आएको छ । शिल्पा मास्केले यो चलचित्रमा आफूले निकै मेहनत गरेको र चलचित्र दर्शकहरूलाई मन पर्ने जिकिर गरेकी छिन् । पुरा पढ्नुहोस्