संगित

पाँच करोड  भ्युजका पाँच गीत 

साप्ताहिक संवाददाता , कार्तिक २५, २०७६

विश्वव्यापी रूपमै गीतको लोकप्रियताको मापन गर्ने सजिलो माध्यम भएको छ– यूट्युब । नेपालमा पनि यूट्युबलाई नै गीतको लोकप्रियताको आधार मान्न थालिएको छ । कुन गीतको भिडियो कति पटक हेरियो, कतिवटा लाइक अथवा डिसलाइक पायो तथा कतिवटा कमेन्ट आयो भन्ने कुराले गीतको लोकप्रियताको मापन हुन थालेको छ । पुरा पढ्नुहोस्

सप्तरंगको रौनक

साप्ताहिक संवाददाता , कार्तिक २२, २०७६

लोकप्रिय कलाकारहरूको एउटा समूह ‘सप्तरंग–२’ शीर्षकको सांस्कृतिक कार्यक्रममार्फत देशका सातै प्रदेशको यात्रामा सहभागि भएको छ । गृष्मा ब्रोडकास्टिङले आयोजना गर्न लागेको यो कार्यक्रममा अभिनेता राजेश हमाल, गायकहरू सुगम पोखरेल, हिमाल सागर, प्रकाश सपूत तथा रवि ओड, गायिका मेलिना राई तथा अभिनेता जितु नेपाल सहभागी छन् । पुरा पढ्नुहोस्

देशप्रेमीलाई गीतकार सुवेदीको आग्रह

साप्ताहिक संवाददाता , कार्तिक १९, २०७६

गीतकार रमेश सुवेदी एक राष्ट्रिय गीतका साथमा पुन: सांगीतिक बजारमा आएका छन् । उनले आफ्नो पछिल्लो गीत मार्फत देशलाई माया गर्ने हर कसैलाई अप्ठ्यारोमा नडराउन आग्रह गरेका छन् । यहि आग्रह सहित उनले लेखेका छन् ‘अप्ठ्यारोमा नडराउ देशलाई माया गर्नेहरु ।’ पुरा पढ्नुहोस्

लम्साललाई संगीत रत्न सम्मान

साप्ताहिक संवाददाता , कार्तिक १७, २०७६

गायक तथा संगीतकार हरि लम्साललाई विन्धयवासिनी फाउण्डेशनले यो वर्षको संगीत रत्न सम्मान प्रदान गरेको छ । फाउण्डेशनले हरेक वर्ष प्रदान गर्दै आएको २५ हजार राशी सहितको यो सम्मान यो वर्ष संगीतकार हरि लम्साललाई प्रदान गरिएको हो । शनिबार राजधानीस्थित राष्ट्रिय नाचघर जमलमा एक भव्य कार्यक्रमको आयोजना गरि लम्साललाई उक्त सम्मान प्रदान गरिएको थियो । पुरा पढ्नुहोस्

सक्रियता बढाउँदै आरके स्क्वायर ब्यान्ड

राजाराम पौडेल, कार्तिक १६, २०७६

संगीतमा केही गर्न १२ वर्षपछि केवल र ९ वर्ष पछि राज नेपाल फर्किएर कस्सिएर लागिपरेका छन् । पार्ट टाइम काम गर्दै पढेका राज र केवल पछि अन्य काम छोडेर संगीतमै लागे । अहिले नेपालका मेजर सिटीका अतिरिक्त भित्र–भित्रका ठाउँमा समेत पुग्ने योजनाका साथ टुरमा हिँडिरहेका राज र केवल २२ वटा ठाउँमा कार्यक्रम गर्ने योजनामा छन् । केही ठाउँमा कार्यक्रम सम्पन्न भैसकेको छ भने थप ठाउँबाट पनि कुरा आएको उनीहरूको भनाइ छ । पुरा पढ्नुहोस्

यस्ता छन् तिहारका नयाँ गीत

साप्ताहिक संवाददाता , कार्तिक ९, २०७६

तिहार र भाइटीकाको सांस्कृतिक पक्ष झल्काउँदै गायक रामकृष्ण ढकालले गाएको गीत ‘टिका माला...’ ले दर्शक–श्रोताहरूको मन जितिरहेको छ । बीबी अनुरागीको संगीत तथा रमेश बिजीको शब्दको उक्त गीतको म्युजिक भिडियोमा अभिनेत्री सरिता लामिछाने तथा गायक प्रकाश सपूतले दिदी–भाइका रूपमा अभिनय गरेका छन् । उक्त भिडियोको निर्देशन शंकर बीसीले गरेका हुन् ।  पुरा पढ्नुहोस्

चर्चा बटुल्दै क्रिस्टल क्लज डान्स क्रु

राजाराम पौडेल, कार्तिक ४, २०७६

भविष्य हेरेर यो क्रुको स्थापना भएको थिएन । त्यतिबेला सन्देशजंग राणा र देव गुरुङ मिलेर एउटा डान्स इन्स्टिच्युट खोलेका थिए । उनीहरूले डान्स कम्पिटिसनका लागि ग्रुप आवश्यक भएकाले विद्यार्थीहरू र चिनेका साथीहरू बटुलेर क्रिस्टल क्लज डान्स क्रुको स्थापना गरेका थिए, जसमा सन्देशजंग राणा, देव गुरुङ, प्रगति पुन मगर, डेविट गुरुङ, अञ्जना गुरुङ, रोहित गुरुङ तथा प्रविण मगर संलग्न थिए ।  पुरा पढ्नुहोस्

दर्जन शैलीका गायक

साप्ताहिक संवाददाता , कार्तिक ३, २०७६

गायक सन्तु थापाले करिब एक दर्जन शैलीका गीत गाएर नेपाली सांगीतिक क्षेत्रमा एक प्रकारको कीर्तिमान नै कायम गरेका छन् । तम्घास, गुल्मीका यी गायक लोक–दोहोरी संगीतको परिचित नाम हो । उनले हालसम्म नेपाली आधुनिक, लोक, दोहोरीमात्र होइन सोरठी, पन्चेबाजा, सालैजो, कौरा, रोइला, दसैं आदि शैलीका गीत समेत रेकर्ड गराइसकेका छन् । पुरा पढ्नुहोस्

भुटानिज सोसाइटीको साँगितिक कार्यक्रम

साप्ताहिक संवाददाता , कार्तिक ३, २०७६

अमेरिकामा बसोबास गरिरहेका नेपाली भाषी भुटानीहरुको समूह भुटानिज सोसाइटी अफ वेष्टर्न म्यासाचुसेट्सको बार्षिक साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम निकै भव्य र सभ्य तरिकाले सम्पन्न भएको छ । पुरा पढ्नुहोस्

गायनमा पनि अब्बल 

साप्ताहिक संवाददाता , कार्तिक २, २०७६

झन्डै सात सयवटा गीत संगीतबद्ध गरिसकेका यी संगीतकार हरि लम्साल अहिले आएर गायकका रूपमा स्थापित भएका छन् । चार महिनाअघि उनकै स्वरमा रेकर्ड भएको गीत ‘परानै दिन्छु...’ म्युजिक भिडियोका रूपमा सार्वजनिक भयो । पुरा पढ्नुहोस्

बिष्णु माझीले गाउने, कुलेन्द्र नाच्ने !

साप्ताहिक संवाददाता , आश्विन २९, २०७६

गायिका बिष्णु माझीको स्वर रहेको गीत ‘सिलौटो’मा चर्चित गायक कुलेन्द्र विश्वकर्माले नृत्य गरेर सबैलाई चकित पारेका छन् । खासै अरु कलाकारको स्वरमा अभिनय गर्दैनन्, कुलेन्द्रले । गायनमा स्थापित विश्वकर्माले यसपटक व्यवसायिक मोडल बनेर समेत काम गरेका छन् ।  पुरा पढ्नुहोस्