अपराध

नाम, थर ठगेर प्रेम अनि विवाहपछि हत्या

भरत जर्घामगर, कार्तिक २, २०७६

दाजुको मृत्युपछि अक्षयले भाउजूसँग सहमतिमै विवाह गरेपनि पछि उनले दाइजोमा ५० हजार नगद तथा मोटरसाइकल माग गर्न थाले । विवाहपछि अक्षय र गीता कर्जन्हा नगरपालिका–२ मा डेरा गरी बस्न थाले । २०७० पुस ९ गते उनीहरू मेला हेर्न मिर्चैया बजार गएका थिए । घर फर्कने क्रममा कर्जन्हा–४ स्थित भेडवा खोलामा गीताको हत्या भएको थियो । उनको शव घाँटी ब्लेडले काटिएको अवस्थामा फेला परेको थियो ।  पुरा पढ्नुहोस्

सुन्दर मुहार कुटिल व्यवहार

साप्ताहिक संवाददाता , श्रावण २३, २०७६

व्यापारीलाई अँगालो हाल्दै चुम्बन गरिन् अनि त्यसको भिडियो पनि बनाइन् । त्यसपछि सुरु भयो, ती व्यापारीसँग ब्ल्याकमेलिङको क्रम । युवतीले बनाएको भिडियो देखाएर एक पुरुषले ती व्यवसायीसँग एक करोड माग्न थाले । उनी भन्थे, ‘एक करोड दिने भए देऊ, नत्र भिडियो सार्वजनिक गरिदिन्छु ।’ निरन्तरको ब्ल्याकमेलिङ पछि व्यवसायी प्रहरीकहाँ पुगे । प्रहरीले उनीहरू दुवैको ब्ल्याकमेलिङ यात्रा भत्कायो । पुरा पढ्नुहोस्

सालीको उक्साहटमा कन्ट्रयाक्ट किलर प्रयोग गरी श्रीमतीको हत्या

राजाराम पौडेल, श्रावण १५, २०७६

रमेश नेपालीले ४ महिनाअघि युनियन लाइफ इन्स्युरेन्समार्फत श्रीमतीको १ करोडको बिमा गरेको समेत अनुसन्धानमा खुलेको छ । बिमाबापतको ठूलो रकम हात पर्ने अनि साली र आफूबीच तगारो बनेकी श्रीमती समेत पन्छिने भएकाले उक्त हत्या गरिएको हुन सक्ने प्रहरीको आशंका छ । लक्ष्मी र रमेशका ८ वर्षीया छोरी तथा ४ वर्षीय छोरा छन् ।  पुरा पढ्नुहोस्

अपराध संसारका बादशाह

जनकराज सापकोटा, असार ३०, २०७६

एक दशक लामो सशस्त्र द्वन्द्वको ‘बाइप्रोडक्ट’का रूपमा अपराध संसारमा उदाएका ‘जाबेद’ र ‘बादशाह’ उपनामले चिनिने नसिम खाँ मुसलमान २१ असारमा काठमाडौंबाट पक्राउ परे । व्यक्तिहत्याको श्रृंखला मच्चाएको आरोपमा प्रहरीको सर्वाधिक खोजीमा रहेका नसिमलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो । पुरा पढ्नुहोस्

आर्थिक अपराधको संस्थागत जालो 

डीआर पन्त, असार २३, २०७६

डेढ किलोमिटर दूरीको कुलो निर्माण गर्न गत आर्थिक वर्षमा पनि ८ लाख खर्च भएको थियो । यो वर्ष उक्त योजनामा गुपचुप विनियोजन गरिएको ५० लाख काम नगरी बाँडीचुँडी गर्ने उद्देश्यले उपभोक्ता समिति गठन गरिएपछि सिंचाइ डिभिजन पाटन, पाटन नगरपालिका लगायतका निकायमा गरिएको उजुरी उपभोक्ताको सुनुवाइ नभएपछि उपभोक्ताहरू प्रदेश मन्त्रालय पुगेका हुन् । पुरा पढ्नुहोस्

अन्धविश्वासको पराकाष्ठा

जनकराज सापकोटा, असार ५, २०७६

कथित धर्म र दैवी शक्ति आर्जनका नाममा बालकको बलि दिने यो घटना पहिलो भने होइन । ९ साउन २०७२ मा नवलपरासीको कुडियामा पनि यस्तै घटना घटेको थियो । तत्कालीन कुडिया गाविस–४, मर्चहवाका कोदाइ चमारले केही गाउँलेको सहयोगमा १० वर्षीय सोनु भनिने जीवन कोहारको घाँटी रेटेर हत्या गरेका थिए । पुरा पढ्नुहोस्

देशभित्रै चेली बेचबिखन

स्वस्तिक श्रेष्ठ, जेष्ठ २७, २०७६

कुनै बेला मुम्बईमा नेपाली चेलीले नारकीय जीवन बिताएका समाचार बग्रेल्ती आउँथे । अहिले भने नेपालमै चेलीहरूलाई बन्धक बनाई यौनशोषण गरिने आरोप लाग्ने गरेको छ । यहाँका होटलमा यौनधन्दा मात्र होइन, युवतीको ‘किनबेच’ समेत हुने गरेको खुलासा भएको छ । पुरा पढ्नुहोस्

चार वर्षपछि अनुसन्धान

राजाराम पौडेल, जेष्ठ २५, २०७६

वि.स. २०७१ साल फागुन ७ गते पोखराको तुलसीघाटमा शव भेटिएका सूर्यबहादुर पाण्डेको हत्याको आरोपमा पक्राउ परेका तीन जनालाई कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । पुर्पक्षका लागि कारागार पठाइएकाहरूमा रामचन्द्र मानन्धर, माइला भन्ने बुद्ध श्रेष्ठ तथा धुव्र मानन्धर छन् । पुरा पढ्नुहोस्

मोडल खुस्बुु ठगी मुद्धामा दोषी ठहर

साप्ताहिक संवाददाता , जेष्ठ ८, २०७६

मोडल खुश्बु ओली चेक बाउन्स सम्वन्धी मुद्धामा फसेकी छिन् । जिल्ला अदालत काठमाडौँका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले मोडल ओलीलाई ३ महिना कैद, ३ हजार जरिवाना र चेक वापतको रकम सावा र ब्याजसहित तिर्नुपर्ने ठहर गरेको हो । पुरा पढ्नुहोस्

कानुनमा प्रतिबन्ध तर चलिरहेकै छ ट्रान्स पार्टीको मस्ती

जनकराज सापकोटा , जेष्ठ ७, २०७६

दोस्रो विश्वयुद्धपछि युरोप तथा अमेरिकाका युवाहरूमा बढेको निराशा एवं भौतिकवादप्रतिको वितृष्णपछि चर्को संगित, उन्मुक्त कला र ट्याटु अनि बेपरवाह फेसनसँग जोडिएको हिप्पीकालको सुरुवात भएको इतिहास छ । समयको यही फेरोमा मेटल, अन्डरग्राउण्ड मेटल संगीतसँग लागूऔषध जोडियो र समयक्रममा त्यसमा थपियो सेक्स अनि जन्म भयो, ट्रान्स पार्टीको । पुरा पढ्नुहोस्

गायिका सरस्वती लामाबिरुद्ध प्रहरीमा उजुरी, पुर्वपतीले दिए निवेदन

साप्ताहिक संवाददाता , वैशाख ३१, २०७६

रक गायिका भन्दै स्टेजमा छाडा रुपमा प्रस्तुत हुने गायिका सरस्वती लामाको बिरुद्धमा प्रहरीमा उजुरी परेको छ । पुर्वपती धनबहादुर लामाले एक करोड बढीको सम्पत्ति लिएर भरार भएको भन्दै प्रहरीमा निवेदन दिएका हुन्, सरस्वती अर्कै पुरुषसँग बिहे गरेको निवेदनमा उल्लेख छ । पुरा पढ्नुहोस्