हलिउड

लियोनार्दोकी आमाको चाहना

साप्ताहिक संवाददाता , माघ २, २०७६

ओस्कार एवार्ड विजेता अभिनेता लियोनार्दो डि क्याप्रियकी आमा इरमेलिनले छोराबाट एउटा अनौठा कुराको चाहना गरेकी छिन् । उनी आफ्ना छोराले उनकी प्रेमिका केमिला मोरोनलाई विवाहका लागि प्रस्ताव राखून् भन्ने चाहेकी छिन् । पुरा पढ्नुहोस्

अभिनेताको उदारता

साप्ताहिक संवाददाता , माघ १, २०७६

हलिउड अभिनेता तथा गायक डनी वालबर्गले नयाँ वर्षको मौका पारेर एउटा रेस्टुराँकी वेट्रेसलाई २०२० डलर (करिब २ लाख ३० हजार रुपैयाँ) टिप्स दिएका छन् । उनकी श्रीमती जेनीले एउटा तस्बिर सेयर गर्दै उक्त कुराको जानकारी दिएकी हुन् । पुरा पढ्नुहोस्

जस्टिनको सर्त 

साप्ताहिक संवाददाता , पुस २७, २०७६

उनले कमेन्टको स्क्रिनसट सेयर गर्दै लेखे— ‘१० हजारको च्यारिटीका बारेमा के छ विचार ? यदि मैले तिमीविरुद्ध स्कोर गर्न सफल भएँ भने तिमी मैले चाहेको ठाउँ गएर च्यारिटी गर्नुपर्छ र हामी त्यसलाई छायांकन गर्नेछौं ।’ पुरा पढ्नुहोस्

सनसनी मच्चाउने हलिउड चलचित्र

साप्ताहिक संवाददाता , पुस १२, २०७६

यस वर्षको ओस्कार एवार्डका लागि जोकर, क्याप्टेन मार्भल, जुमान्जी–द नेक्स्ट लेभल, द आइरिस म्यान, म्यारिज स्टोरी, द टु पोप्स, फोर्ड भर्सेस फरारी, जोजो रेबिट, लिटिल वुमन, डोलमाइट इज माई नेम, द फेयरवेल, एभेन्जर्स इन्डगेमजस्ता चलचित्रहरूबीच कडा प्रतिस्पर्धा हुने सम्भावना छ ।  पुरा पढ्नुहोस्

दशकका दश हलिउड चलचित्र

साप्ताहिक संवाददाता , पुस ३, २०७६

अमेरिकन चलचित्र समीक्षक टोड म्याकार्थीले सन् २०१० मा प्रदर्शन भएको हलिउडको चलचित्र ‘कार्लोस’ लाई यो दशककै सबैभन्दा उत्कृष्ट चलचित्र भएको बताएका छन् । एउटा अंग्रेजी न्युज वेबसाइटका लागि स्तम्भ लेख्ने टोडले दशकका उत्कृष्ट हलिउड चलचित्रहरूको सूची तयार पारेका छन् । पुरा पढ्नुहोस्

पामेलाको पत्र

साप्ताहिक संवाददाता , मंसिर २४, २०७६

पामेलाले मोदीसँग शाकाहारी खानालाई प्रोत्साहन गर्नसमेत आग्रह गरेकी छिन् । दिल्लीमा गम्भीर वायु प्रदूषणमाथि उनले भनेकी छिन्– ‘त्यहाँ रहने प्रत्येक जीवका लागि म चिन्तित छु । मलाई मानिसहरूका साथ–साथै जनावरहरूको पनि चिन्ता छ, जो आफ्नो अनुहारमा मास्क लगाउन सक्दैनन् ।’ पुरा पढ्नुहोस्

न्यूड सिनमा  छैन पश्चाताप 

साप्ताहिक संवाददाता , मंसिर २३, २०७६

‘मलाई न्यूड सिन गर्न अथवा सिरिज छाडेर जाने विकल्प दिइएको थियो, उनी भन्छिन्– ‘मैले पहिलो विकल्प रोजें ।’ उनले पहिलो सिजनको समयमा न्यूड सीन दिन निकै असहज भएको समेत बताएकी छिन् । अहिले आएर आफूले उक्त सिन दिएको कुनै पश्चाताप नभएको समेत उनको भनाइ छ । पुरा पढ्नुहोस्

ऋणले डुबेकी अभिनेत्री

साप्ताहिक संवाददाता , मंसिर २२, २०७६

हलिउड अभिनेत्री केटी प्राइस अचानक सडकमा आइपुगेकी छिन् । लन्डनको एउटा अदालतले उनलाई ‘बैंक करप्ट’ घोषित गरिदिएको छ । उनले चेतावनीका बावजुद बैंकको हजारौं पाउन्ड ऋण चुक्ता गरेकी थिइनन् । उनीमाथि बैंकको कुल कर्जा ६ सय करोड रुपैयाँभन्दा बढी छ । पुरा पढ्नुहोस्

सेलेनाको आलोचना

साप्ताहिक संवाददाता , मंसिर २१, २०७६

हलिउड अभिनेत्री तथा गायिका सेलेना गोमेज यतिबेला भारतीय प्रशंसकहरूको आलोचनाको शिकार भएकी छिन् । कारण हो उनको एउटा तस्बिर । वास्तवमा सेलेनाले हालै एउटा फोटोसेसन गराएकी थिइन् । सेलेनाको उक्त फोटोसेसन पुस्तकालयभित्र गरिएको थियो, त्यो पनि किताबहरूमा टेकेर । सेलेनाको उक्त तस्बिर सार्वजनिक भएलगत्तै भारतीय प्रशंसकहरूले त्यसलाई ट्रोल बनाइदिए । पुरा पढ्नुहोस्

ग्रामीको मनोनयन

साप्ताहिक संवाददाता , मंसिर १७, २०७६

६२  औं ग्रामी एवार्डस्को मनोनयन सूची सार्वजनिक गरिएको छ । जनवरी २७ का दिन वितरण गरिने विश्वकै सर्वोच्च संगीत सम्मानको उद्घोषण अभिनेत्री तथा गायिका एलिसिया केजले गर्ने तय भएको छ । लस एञ्जलसमा सञ्चालन हुने यसपटकको ग्रामी एवार्डका लागि विभिन्न ८४ विधाको मनोनयन सूची सार्वजनिक गरिएको हो । पुरा पढ्नुहोस्

लियोनार्दोको चिन्ता

साप्ताहिक संवाददाता , मंसिर १६, २०७६

हलिउड अभिनेता लियोनार्दो डिक्याप्रियाले पुन: एकपटक भारतमा बढिरहेको प्रदूषण तथा क्लाइमेट चेञ्जको मुद्दाप्रति चिन्ता व्यक्त गरेका छन् । लियोनार्दोले आफ्नो इन्स्टाग्राममा पछिल्ला दिनहरूमा भारतको राजधानी नयाँ दिल्लीमा प्रदूषणप्रति इन्डिया गेटमा भएको विरोध प्रदर्शनका केही तस्बिरहरू सेयर गरेका थिए । पुरा पढ्नुहोस्