साइन्स एण्ड टेक्नो

चलेका नेपाली एप

साप्ताहिक संवाददाता , पुस २९, २०७६

विभिन्न मुलुकमा बनेका मोबाइल एपहरूले संसारभरि राम्रो स्थान बनाइरहेका बेला नेपालमै बनेका केही एपहरूले पनि लोकप्रियता पाएका छन्, जुन धेरैजसो नेपालीले आफ्नो स्मार्टफोनमा राख्ने गर्छन् ।  पुरा पढ्नुहोस्

दशकका लोकप्रिय १० एप

साप्ताहिक संवाददाता , पुस २०, २०७६

सन् २०१० देखि २०१९ सम्मको अवधिभर सबैभन्दा धेरै पटक डाउनलोड गरिएका एपमध्ये फेसबुक अग्रस्थानमा छ । १५ वर्षअघि सन् २००४ मा मार्क जुकरबर्गले सामाजिक सञ्जालका रूपमा फेसबुक बनाएका थिए । अहिले यसको प्रयोगकर्ता संसारभर ५ अर्ब पुगेको छ । पुरा पढ्नुहोस्

टिकटक प्रयोगमा प्रतिबन्ध

साप्ताहिक संवाददाता , पुस १६, २०७६

सुरक्षाको कारण देखाउँदै अमेरिकी सेनाले बढ्दो रूपमा लोकप्रिय टिकटक एपको प्रयोग कार्यालय प्रयोजनमा प्रयोग हुने मोबाइल फोनमा चलाउन रोक लगाएको छ । अमेरिकी सेनाकी प्रवक्ता प्रमुख सेनानी रोबिन ओचोआले अमेरिकी सञ्चारमाध्यमहरूलाई उक्त एपलाई ‘साइबर खतरा’का रूपमा हेरिएको बताएकी छिन् । पुरा पढ्नुहोस्

सन् २०१९ का  टप ७ ग्याजेट

साप्ताहिक संवाददाता , पुस २, २०७६

पाँच महिनाअघि सार्वजनिक गरिएको आईफोन–११ प्रो यो वर्षकै सबैभन्दा राम्रो ग्याजेट सावित भएको छ । एप्पलले यो फोनमा ३ वटा क्यामेरा राखेको थियो भने यसको क्वालिटीमा पनि विस्तार गरेको थियो । त्यस्तै यो फोनमा ब्याट्री, भिडियो क्वालिटी तथा फोटोका लागि नाइट मोडको पनि व्यवस्था गरिएको थियो । प्रयोगकर्ताहरूका लागि यसको मूल्यले पनि आकर्षित गरेको थियो । पुरा पढ्नुहोस्

फेसबुकको फोटो गुगलमा सार्न सकिने

साप्ताहिक संवाददाता , मंसिर २५, २०७६

फेसबुकले आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ फिचरको व्यवस्था गरेको छ । अब फेसबुक प्रयोगकर्ताले आफ्नो फेसबुकमा भएको फोटो तथा भिडियो गुगल फोटोजमा सार्न सक्ने भएका छन् । सन् २०२० बाट विश्वका सबै प्रयोगकर्ताबीच लागू गर्ने बताउँदै फेसबुकले यसको सुरुवात आयरल्यान्डबाट गरेको छ । पुरा पढ्नुहोस्

हार्ले डेभिड्सनका २ मोटरसाइकल नेपालमा

साप्ताहिक संवाददाता , मंसिर २३, २०७६

भारतीय मोटरसाइकल हार्ले डेभिड्सनको छुटाछुट्टै सीसीका दुईवटा मोटरसाइकल नेपाल भित्रिएको छ । मोटरसाइकलको आधिकारिक वितरक आईएमई अटोमोटिभ्सले इन्ट्री लेभलका स्ट्रिट ७५० तथा स्ट्रिटरोड ७५० मोटरसाइकललाई नेपाल भित्र्याएको हो । पुरा पढ्नुहोस्

नेपालमा आयो वान प्लस ७ टिप्रो

साप्ताहिक संवाददाता , मंसिर २१, २०७६

वान प्लसका प्रयोगकर्ताहरूका लागि खुसीको कुरा छ । वान प्लस ग्लोबल मोबाइल टेक्नोलोजी कम्पनीले आफ्नो नयाँ प्रोडक्टका रूपमा वानप्लस ७ टिप्रो स्मार्टफोन नेपालमा सार्वजनिक गरेको छ । यो मोबाइलमा ६ दशमलव ६७ इन्चको फ्लुइड एमोलेड रिजोलुसन, ५ कर्निङग गोरिला ग्लास र ९० एचजेड डिस्प्लेको साथमा १९ दशमलव ५:९ स्क्रिन रेसियो रहेको छ । पुरा पढ्नुहोस्

बन्द हुँदैछ गुगलको क्लाउड प्रिन्ट

साप्ताहिक संवाददाता , मंसिर १९, २०७६

गुगलले आफ्नो क्लाउड प्रिन्ट सर्भिस बन्द गर्ने योजना बनाएको छ । नाइन टु फाइभ गुगलले आफ्नो रिपोर्टमा गुगलको उक्त सेवा आगामी २०२० डिसेम्बर ३१ पश्चात् बन्द हुने बताएको छ । उक्त दिन अन्तिम प्रिन्ट उपलब्ध हुनेछ र त्यसपछि यसलाई बन्द गरिनेछ । पुरा पढ्नुहोस्

अब टेस्लाको साइबर ट्रक

साप्ताहिक संवाददाता , मंसिर १८, २०७६

सधैं चर्चामा रहने टेस्लाका सिइओ इलोन मस्कले हालै नयाँ विद्युतीय पिकअप ट्रक अर्थात् साइबर ट्रक सार्वजनिक गरेका छन् । सन् २०२१ पश्चात् मात्र बजारमा आउने अनुमान गरिएको उक्त साइबर ट्रकले यो साता निकै चर्चा पाएको छ ।  पुरा पढ्नुहोस्

२४ घण्टा ब्याट्री ब्याकअपको कन्भर्टिबल ल्यापटप

साप्ताहिक संवाददाता , मंसिर १७, २०७६

एचपीले एकपटक फुल चार्ज गर्दा २४ घण्टासम्म चलाउन मिल्ने ल्यापटप सार्वजनिक गरेको छ । एक किलोग्रामभन्दा कम वजन भएको उक्त कन्भर्टिबल ल्यापटपको नाम ‘एलिट ड्रागनफाई’ राखिएको छ । यसमा अल्ट्रालाइट १३ इन्चको डिस्प्ले छ । त्यसैगरी यसमा आठौं पुस्ताको इन्टेल कोर आईफाइभ र आई सेभेन प्रोसेसर छ । पुरा पढ्नुहोस्

फाइभ जी प्रविधिबाट चल्ने पिरेलीको साइबर टायर

साप्ताहिक संवाददाता , मंसिर १६, २०७६

टायर निर्माता कम्पनी पिरेलीले फाइभ जी प्रविधिबाट चल्ने साइबर टायर निर्माण गरेको छ । यसले आफूभन्दा पहिले भएको सडकको अवस्था थाहा पाउन सहयोग गर्छ । पिरेली यस प्रकारको टायर बनाउने पहिलो कम्पनी बनेको छ । यस प्रकारको सेन्सरले बाटोमा जम्मा भएको पानीबाट हुने खतराका बारेमा जानकारी दिन्छ । पुरा पढ्नुहोस्