तीज बिशेष

तीजमा फिट रहन

मेची बादे श्रेष्ठ, भाद्र १५, २०७६

केही सातादेखि नै सन्तुलित भोजन गर्ने । प्रोटिनयुक्त खाना प्रशस्त मात्रामा खाने, जसले शरीरलाई फुर्तिलो राख्छ र थकान कम गर्छ भने छाला तथा केशलाई स्वस्थ एवं सुन्दर बनाउँछ । दिनहुँ बिहान खाली पेटमा भिजाइएको ५–६ वटा बदाम तथा गाँजरको जुस सेवन गर्ने । पुरा पढ्नुहोस्

तीज स्टाइल

सिर्जना दुवाल श्रेष्ठ, भाद्र १५, २०७६

आजभोलि तीजमा रातो सारी नै लगाउनुपर्छ भन्ने मान्यता राख्नेहरू कमै छन् । सारी नै लगाउनेहरूका लागि पनि सजिलो तथा स्टाइलिस्ट सारीहरू बजारमा उपलब्ध छन् । सारीकै झझल्को दिने डिजाइनर सारीमा गाउन, पेन्सिल सारी, ग्याडर सारी, लेहेंगा सारी आदि पर्छन् । यस्ता साडी लगाउँदा स्टाइलिस्टसमेत देखिन सकिन्छ । पुरा पढ्नुहोस्

विदेशमा तीजको रौनक

युवराज गौतम, भाद्र १५, २०७६

विदेशमा रहेका हिन्दू धर्मावलम्बीहरू दर खाने कार्यक्रम तथा सांगीतिक कार्यत्रमको आयोजना गरेर तीजलाई उल्लासमय बनाइरहेका छन् । युरोप, अमेरिका, क्यानाडा, अस्ट्रेलिया, जापान, यूके तथा खाडी देशहरूमा तीजका विशेष कार्यक्रमहरू तय भएका छन् । धेरैजसो देशमा तीजका भव्य कार्यक्रमहरू आयोजित भैरहेका छन् । पुरा पढ्नुहोस्

तीजः पहिले र अहिले

प्रकृति दाहाल, भाद्र १५, २०७६

परापूर्वकालमा तीजको समयमा बुहारीलाई सासू, नन्द, आमाजू आदिले गर्ने व्यवहार नै गीतमार्फत व्यक्त हुन्थे । अहिलेको आधुनिक समयजस्तो विद्युतीय उपकरण, मल्टिमिडिया नभएको अवस्थामा तीजको व्रत बस्ने दिन गाउँघरका महिलाहरू जम्मा भएर गीत गाउँथे । पहिले तीजका गीतमा छोराछोरीबीचको विभेद, पीडा, घरमा बुहारीहरूप्रति गरिने व्यवहार, कचकच, दुःख, ईर्ष्याजस्ता विषयमा गीत तयार पारिन्थे ।  पुरा पढ्नुहोस्

महिला स्वतन्त्रताको पर्व

लक्ष्मी भण्डारी थापा, भाद्र १५, २०७६

पछिल्लो समय देखिएको महिला स्वतन्त्रता र उनीहरूको छनोट मुताविकका क्रियाकलाप त्यसकै परिणाम हो । महिलाले तीज मनाउने सन्दर्भमा कुरा गर्दा अहिले देखिएको ट्रेन्डलाई म गलत नै भनिहाल्न चाहन्नँ । एउटा व्यक्ति होस् वा परिवार अथवा संघ–संस्था नै किन नहुन्, मानसिक रूपमा तरोताजा र तन्दुरुस्त भए त्यसको परिणाम दोब्बर हुन्छ । एक वा दुई दिनको रिफ्रेसमेन्टले मानिसमा वर्षभरिलाई उत्साह, जाँगर एवं जोस थप्न मद्दत पुर्‍याउँछ । पुरा पढ्नुहोस्

हङकङको सुनको चुरा

अनोज रोक्का, भाद्र १५, २०७६

आधुनिक सहर हङकङका महिलाहरूलाई पनि तीजको रौनकले छोइसकेको छ । यहाँ कामको चटारोसँगै परिवारलाई समय दिँदै तीजको पार्टीमा भेला हुने क्रम सुरु भैसकेको छ । ‘एक दिनका लागि भए पनि आफ्ना साथीहरूसँग धक फुकाएर नाच्नुको मज्जा नै बेग्लै छ,’ महिलाहरू बताउँछन् । पुरा पढ्नुहोस्

तीज मनाउने स्वतन्त्रतामा अंकुश

युवराज गौतम, भाद्र १५, २०७६

 जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले साउन २१ गते एक विज्ञप्ति निकाल्दै तीजको दर खाने नाममा अहिलेदेखि नै होटल र पार्टी प्यालेस बुकिङ गर्न सुरु गरिसकिएको जानकारीमा आएको भन्दै होटल–रेस्टुराँमा दर खाने, महँगा पोशाक प्रदर्शन गर्ने तथा ध्वनी प्रदूषण हुने कार्य नगर्न निर्देशन दियो ।  पुरा पढ्नुहोस्

महत्व तीजको

कमला श्रेष्ठ प्रधान, भाद्र १५, २०७६

भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीज पर्वले नेपाली नारीहरूको आफ्नो धर्म र संस्कृतिप्रतिको अटुट आस्था, धार्मिक विश्वास एवं व्रतपरायणप्रतिको समर्पण भावलाई परिभाषित गर्दै आएको छ । दर खाने, तीज र ऋषिपञ्चमी गरी तीन दिन मनाइने यो विशिष्ट पर्वले अनेकौं किसिमका सामाजिक, मूल्य–मान्यताका साथै धार्मिक, सांस्कृतिक एवं मनोरञ्जक पक्षहरूलाई समेटेको छ ।  पुरा पढ्नुहोस्