फाल्गुन २१, २०७३
चलचित्र ‘सुल्तान’ मा अभिनय गर्नुअघि सलमान आफ्नो भूमिका तथा चरित्रलाई आफ्नै शैलीमा प्रस्तुत गर्थे । सुल्तानका लागि तौल बढाउनुका साथै केश छोट्याएपछि दर्शकले उनलाई रुचाए । यतिबेला उनी ‘टाइगर जिन्दा है’ का लागि आफ्नो शरीरबाट करिब १८ केजी तौल घटाउँदैछन् । ‘दंगल’ मा आमिरले तौल बढाएको तथा घटाएको देखेका सलमानले निर्देशकको आग्रहअनुसार अहिले चरित्रअनुरूप आफूलाई ढाल्न तौल घटाउन थालेका हुन् ।