चैत्र १२, २०७४
दक्षिण भारतीय अभिनेता धनञ्जय आफ्नो चलचित्र ‘तगारु’ को सफलताबाट निकै खु:सी छन् । उनी अहिले उक्त सफलता सेलिब्रेट गरिरहेका छन् । हालै एक रियालीटी शोमा पुगेका धनञ्जयले आफ्नो मनभित्र गुम्सिएको रहर व्यक्त गरेका छन् ।
धनञ्जयले भनेका छन्, ‘दीपिका पोदुकोणका साथ लिप–लकमा देखिने ठूलो रहर छ ।’ धनञ्जय हालै रियलिटी शो ‘नम्बर–१ यारी’ को एक एपिसोडको छायांकनका क्रममा दीपिकाको प्रशंसा गरेका थिए । उक्त शोमा उनीसँग एउटा खेल खेलिएको थियो ।
उक्त खेलमा सोधिएको थियो, कुन अभिनेत्रीका साथमा लिप–लकमा काम गर्न चाहनुहुन्छ ? उनको तुरुन्त जवाफ दिए, ‘दीपिका पादुकोण ।’ आशा गरौं दीपिकासँग काम गर्ने धनन्जयको रहर चाँडै पूरा हुनेछ ।