साप्ताहिक संवाददाता
पुस २० गते शुक्रबार : मान्छेले जब सजिलै धेरै पैसा कमाउँछ, तब उसको घरमा नयाँ–नयाँ सामान मात्र आउँछ, तर मान्छेले जब असहाय, दु:खीहरूको आशीर्वाद कमाउँछ नि, तब उसको घर–परिवारमै खुसी, स्वस्थपन अनि माया आउँछ ।
पुस २० गते शुक्रबार : म एउटा स्पष्ट देशभक्त मान्छेको पक्षमा छु, जसलाई विगत २० वर्ष अघिदेखि नजिकबाट चिन्छु । पक्षमा हुनुको अर्थ कसैको विपक्षमा हुनु पनि होइन । मैले चिनेको रवि लामिछाने अत्यन्त स्वभिमानी अनि इमान्दार व्यक्ति हो ।
पुस २१ गते शनिबार : अलि बुझ्ने उमेर भएपछि बुद्धिजीवी वर्ग भन्ने शब्द सुनेको थिएँ । एकदम हेर्न अनि भेट्न उत्सुकता हुन्थ्यो । आजभोलि फेसबुक हेर्दा बुद्धिजीवी धेरै जन्मिएर होला, त्यतातिर पो प्रभावकारी परिवार नियोजनको विज्ञापनको आवश्यकता देखें मैले ।
पुस २१ गते शनिबार : छक्क परेको म पनि एउटा मपाईं बुद्धिजीवी ।
पुस २२ गते आइतबार : म आफ्नो मुटुप्रति गर्व गर्छु । तपाईंलाई थाहा छ किन ? मानिसहरूले यसैलाई खेल्छन्, यसलाई दुख्छ, यो टुक्रिन्छ तर खै कसरी–कसरी, त्यति हुँदा पनि यसले उत्कृष्ट तरिकाले काम गरिरहन्छ ।
पुस २३ गत सोमबार : हिजो पिपुल टु पिपुलका तर्फबाट वरिष्ठ गायक ओमविक्रम विष्टको सहयोगार्थ गरिएको कार्यक्रमबाट उठेको रकम १ लाख ६० हजार रुपैंयाँ चेक र क्यास उहाँका छोरा शिखर विष्टमार्फत हस्तान्तरण गरियो । ओम दाइको शीघ्र स्वास्थलाभको कामनासहित कार्यक्रममा सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद ।
पुस २४ गत मंगलबार : गज्जब कथा, रहर लागेको रोल, मनपर्ने क्रिएटिभ लेखक/निर्देशक ‘ह्दयभरी’ आभारी छु । लगानी गर्ने निर्माताज्यूहरू तथा सुरज सुब्बा सरसँग, मलाई निर्मल सुब्बा सम्झेरै सिकाउनु होला ।
पुस २४ गते मंगलबार : आज, लाजिम्पाटको दलिन रेस्टुरेन्टमा रायोको सागको मिक्स सुप र फापरको रोटी–आगो ।
पुस २५ गते बुधबार : म राष्ट्र निर्माताको जन्मदिन मनाउँछु ।