साप्ताहिक संवाददाता
चैत्र १२, २०७५
पछिल्लो दुई वर्षमा तीनवटा प्रेमी फेरिसकेकी सारा अली खान यतिबेला कार्तिक आर्यनसँग रिलेसनमा रहेको समाचारहरूले बलिउड तातेको छ । चलचित्र ‘केदारनाथ’को सुटिङताका त्यसका अभिनेता सुशान्त सिंह राजपूतसँग रिलेसनमा रहेकी भनिएकी सारा यतिबेला आफ्नो अपकमिङ चलचित्र लभ आज कल–२ का अभिनेता कार्तिक आर्यनसँग रमाइरहेकी छिन् ।
गत साता मात्र बलिउडका गसिप मास्टरहरूले सारा र कार्तिकबीचको लिपलक दृश्यलाई सार्वजनिक गरेर यस्तो समाचार प्रवाहित गरेका हुन् । साराका पारिवारिक सूत्र भने उक्त दृश्य चलचित्रको भएको र कार्तिकसँग साराको नाता सह–कलाकारमै सीमित रहेको दाबी गरिरहेको छ । सत्य कुरा के हो भगवान् नै जानून् ।