साप्ताहिक संवाददाता
शुक्रबारदेखि सलमान खानको बहुचर्चित चलचित्र भारत प्रदर्शनमा आउँदैछ । आफ्ना चलचित्र इस्लामिक चाड इदका अवसरमा प्रदर्शन गर्दै आएका सलमान खान यसबीच आफूसँग सम्बन्धित थुप्रै समाचारका कारण चर्चामा छन् ।
उनको पहिलो चर्चा उनको विवाहको विषयमा छ । यो विषयमा केही दिनअघि सलमान खानले अहिलेसम्म आफूलाई कसैले पनि प्रेम वा विवाहको प्रस्ताव नराखेको तथा बाबुआमाले समेत आफ्ना लागि दुलही नखोजिदिएको बताएका थिए ।
नको परिवारले समेत उक्त समाचारको खण्डन गरेन् । त्यसपछि सलमान खानले आफूले आफ्ना लागि सन्तान चाहेको तर सन्तानकी आमा नचाहेको बताएर थप चर्चा पाएका थिए । उनको यो उद्घोषको अर्थ उनी पनि ‘सरोगेट मदर’ मार्फत् सन्तानको लालसा राख्छन् भन्ने लगाइयो । जसलाई सलमान खानले मौन स्वीकृति नै दिए । यसको अर्थ उनी पनि बलिउडका अन्य हस्ती करण जौहर, एकता कपुर, तुषार कपुर, फराह खानकैं बाटोमा छन् भन्ने लगाइयो ।
सलमान खानसँग यसैसाता जोडिएको अर्को विषय उनीसँग भारतमा अनस्क्रिन रोमान्स गरेकी दिशा पटानीले उनी बूढो भएको र उनीसँग अर्को चलचित्रमा अभिनय गर्न नसक्ने भनी गरेको सार्वजनिक टिप्पणी नै हो । दिशा पटानीको उक्त टिप्पणीपछि सलमान खानले आफूले अझै पनि आफूभन्दा एकतिहाइ उमेरकी अभिनेत्रीहरूसँग रोमान्स गरिरहेको कुरा बताएका थिए ।
स्मरणीय के छ भने सन् १९९० मा सार्वजनिक भएको सलमान खानले अभिनय गरेको पहिलो चलचित्र ‘मैने प्यार किया’ कि नायिका भाग्यश्रीले आफ्नी छोरीको समेत विवाह गरिदिइसकेकी छिन् । उता सलमान खानले नै सन् १९९१ मा आफूसँग चलचित्रमा पदार्पण गराएकी नायिका रविना टन्डनले समेत आफ्ना दुईवटी धर्मपुत्रीको विवाह गरी दिइसकेकी छिन् ।