साप्ताहिक संवाददाता
आश्विन ५, २०७६
तमिलनाडुकी पूर्व मुख्यमन्त्री तथा तमिल चलचित्रकी नायिका जयराम जयललिताको बायोपिकका लागि निर्देशक ए.एल. विजयले कंगना रनौतलाई फाइनल गरेका छन् । चलचित्रका लागि छनौेट भएपछि कंगना जयललिता जस्तै देखिने मेकअपका लागि हलिउडतर्फ प्रस्थान गरिसकेकी छिन् । त्यहाँ उनी हलिउड मेकअप आर्टिस्ट जेसन कोलिन्ससँगको मेकअप कार्यशालामा सहभागी हुनेछिन् ।
यो चलचित्रमा जयललिताको जीवनका चार चरण प्रस्तुत गरिने बताइएको छ, जसमा उनको अभिनयदेखि मुख्यमन्त्रीसम्मको समय खण्डलाई स्थान दिइनेछ । हिन्दी, तमिल तथा तेलुगु भाषामा निर्माण हुने यो चलचित्रका निर्माता विष्णु इन्दुरी हुन् ।