साप्ताहिक संवाददाता
आश्विन १३, २०७६
बलिउडमा पदार्पण गरेको एक वर्ष पुग्नै लाग्दा सारा अली खान सर्वाधिक ब्रान्ड भ्यालु भएकी अभिनेत्री सावित भएकी छिन् । सैफ अली खान–अमृता सिंहकी छोरी सारा अली खानलाई अहिले बलिउडमा इन डिमान्ड न्यू एक्ट्रेसको उपमा दिइएको छ ।
निकट भविष्यमा वरुण धवनसँग कुली नम्बर वानमा देखा पर्न लागेकी साराले अहिले चलचित्र, विज्ञापन तथा अन्य माध्यमबाट वार्षिक ५० करोड रुपैयाँको हाराहारीमा कमाइ गरिरहेकी छिन् । उनको कमाइ बलिउड अभिनेत्रीहरूमध्ये सर्वाधिक भएको बताइन्छ । सारा अली खानका जम्मा दुई चलचित्र केदारनाथ र सिम्बा सार्वजनिक भएका छन् ।