साप्ताहिक संवाददाता
पछिल्ला केहिदिन यता बलिउड अभिनेता आमिर खानको बेग्लै चर्चा भैरहेको छ । खानले एक किलो पिठोको झोलामा १५ हजार रुपैयाँ राखेर बाँडेको कुरा एकाएक सामाजिक सञ्जालमा भाइरल भयो । खानले भारतस्थित दिल्लीको एक सुकुम्बासी बस्तीमा यसरी सहयोग गरेको खबर सार्वजनिक भएपछि उनको चौतर्फी प्रशंसा भैरहेको थियो ।
धेरैले आमिर खानलाई धन्यवाद व्यक्त गर्दै उक्त पोस्ट सेयर गरिरहेका बेला आमिरले भने उक्त कुराको खण्डन गरेका छन् । उनले ट्वीटमार्फत् उक्त खबर गलत भएको बताएका हुन् ।
उनले लेखेका छन्– ‘साथीहरु त्यो पिठोको झोलामा पैसा राखेर सहयोग पुर्याउने व्यक्ति म होइन । त्यो कि त झुटो कथा हो, या त्यसरी सहयोग गर्ने व्यक्ति चिनिन चाहँदैन । धेरै धेरै माया छ ।’
उनले ट्वीटमार्फत् सबैलाई सुरक्षित रहन आग्रह समेत गरेका छन् ।
Guys, I am not the person putting money in wheat bags. Its either a fake story completely, or Robin Hood doesn't want to reveal himself!
Stay safe.
Love.
a.
— Aamir Khan (@aamir_khan) May 4, 2020