सुुजैन खानले हालै आफ्नो पूर्वश्रीमान् ऋतिक रोशन र बच्चाहरू रिहान र रिधानको एक तस्बिर इन्स्टाग्राममा सेयर गरेकी थिइन् । लकडाउनमा खिचिएको यो तस्बिरमा तीनैजना बाल्कोनीमा उभिएर बाहिर हेरिरहेका देखिन्थे ।
सुुजैनले सेयर गरेको यो पारिवारिक तस्बिरलाई अधिकांश फ्यानहरूले रुचाए । तर, एक फ्यानले फोटोलाई लिएर अनौठो जिज्ञासा राखे, ‘बच्चाहरूको साथ उभिएर के ऋतिक आफ्नो हातमा सिगरेट समातिरहेका छन् वा म केही गलत देखिरहेको छु । आशा छ, त्यस्तो नहोस् ऋतिक ।’
त्यसपछि फ्यानको जिज्ञासालाई लिएर ऋतिक स्वयंले जवाफ फर्काए । उनले लेखे, ‘म अब नन–स्मोकर हुँ । यदि म साँच्चिकै ‘कृष’ हुन्थे भने सबैभन्दा पहिले यो संसारबाट भाइरस हटाइदिन्थे, त्यसपछि यो ग्रहबाट अन्तिम सिगरेटको नामोनिशान मेटाइदिन्थेँ ।’ऋतिकको जवाफलाई लिएर फ्यान अत्यन्तै खुसी भए ।
‘ऋतिकले दोस्रोपल्ट रिप्लाई गरेको भनेर मैले अझै विश्वास गर्न सकिरहेको छैन,’ उनले रिप्लाई कमेन्टमा लेखे, ‘म निकै खुसी भएँ । मलाई थाहा थियो, तपाईं अहिले स्मोक गर्नु हुुँदैन तैपनि म चिन्तित भइसकेको थिएँ, त्यसैले जिज्ञासा राखँे । किनभने म हजुरलाई एकदमै प्रेम गर्छु ।’