बलिउड अभिनेता किरण कुमारलाई कोरोना पोजेटिभ देखिएको छ । संक्रमण पुष्टि भएपछि उनलाई अहिले आफ्नै घरमा क्वारेन्टाइनमा राखिएको छ ।
भारतीय संचारमाध्यमका अनुसार उनलाई १० दिनअघि कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । अब मे २६ मा उनको अर्को परिक्षण गरिने छ ।
‘म एउटा सामान्य जाँचका लागि अस्पताल गएको थिएँ । टेस्ट प्रक्रिया पुरा हुनुअघि मैले केही प्रारम्भिक परिक्षणबाट गुज्रिनु प¥यो । त्यतिबेलै कोभिड १९ को परिक्षण गर्दा मलाई कोरोना पोजिटिभ देखियो,’ किरणले भने ।
किरणका अनुसार संक्रमण देखिएपनि आफूमा कुनै लक्षण नदेखिएको बताए । ‘न ज्वरो, न खोकी, न श्वासप्रश्वासमा समस्या, केही समस्या देखिएको थिएन । म पुरै स्वस्थ महसुस गरिरहेको रहेको थिएँ । त्यसैले मैले कतै गएर जाँच गराउन आवश्यक ठानिनँ,’ उनले भनेका छन् ।
अहिले उनी आफ्नै घरको माथिल्लो तल्लामा आइसोलेसनमा बसिरहेका छन् ।
बलिउड सेलिब्रेटीमा कोरोना संक्रमण देखिएको यो पहिलो केस होइन । यसअघि बलिउड गायिका कनिका कपुर, फिल्म निर्माता करीम मोरानाी र उनका दुई छोरी, कलाकार पूरब कोहलीलाई कोरोना संक्रमण देखिएको थियो ।