साप्ताहिक संवाददाता
श्रावण ३२, २०७३
यतिबेला एक जोडी नायक–नायिकालाई पर्नु पीर परेको छ । उनीहरूले अभिनय गरेका दुई चलचित्र ब्याक टु ब्याक प्रदर्शन हुने भएपछि कुन चलचित्रको प्रमोसनमा समय दिने भन्ने कुराले उनीहरूलाई समस्यामा पारेको हो ।
यसअघि ‘हवल्दार सुन्तली’ मा सँगै अभिनय गरिसकेका शिल्पा पोखरेल तथा किशोर खतिवडाको जोडीले अभिनय गरेका दुई चलचित्र ‘वृन्द्रावन’ तथा ‘किस्मत–२’ पालैपालो प्रदर्शनमा आउँदैछन् । भदौ २७ गते ‘वृन्द्रावन’ प्रदर्शन भएको अर्को साता नै अर्थात् असोज २ गते ‘किस्मत–२’ प्रदर्शन हुँदैछ । दुवै चलचित्रले टिजर, प्रोमो, पोस्टर तथा गीतहरू सँगसँगै सार्वजनिक गरिरहेका छन् । यस्तो बेला शिल्पा तथा किशोरले कुन चलचित्रलाई बढी महत्व दिने हुन्, हेर्न बाँकी नै छ ।