साप्ताहिक संवाददाता
असार २२, २०७५
१.
कक्षा ८ मा पढ्दा आइरनले निधारमा पोलेको थिएँ जसले गर्दा बुबाले एक झापड हान्नुभयो ।
२.
कक्षा १० मा पढ्दा एसेम्ब्ली गर्न मन नलागेर पेट दुखेको बहाना बनाउँदा सरले पिट्नुभएको थियो ।
३.
बुबाले चिसापानी हाइकिङ न’जा भन्दै हुनुहुन्थ्यो, तैपनि म बुबाको कुरा नमानी साथीहरूसँग गएकी थिएँ । त्यो हाइकिङका क्रममा चिप्लिएर लड्दा मेरो खुट्टाको लिगामेन्ट च्यात्तिएको थियो ।
४.
सानोमा स्कुल जान नमान्दा शिक्षकले भुत्ल्याउनुभएको थियो ।
५.
म क्लासमा सधैँ प्रथम हुन्थेँ तर एसएलसी अघिको परीक्षा(टेस्ट)लाई मैले खासै गम्भीर रूपमा नलिँदा चौथो भएँ, जसले गर्दा बुबाममीको गाली खाएँ ।