साप्ताहिक संवाददाता
मनसुन फिल्म्सको ब्यानरमा फिल्म गुप्त निर्माण भएको छ । सम्पुर्ण छायांकन पुर्वी नेपालको मोरङमा गरिएको फिल्मको यतिबेला पोष्ट प्रडक्सनको काम चलिरहेको निर्माण टिमले बताएको छ ।
‘सस्पेन्स हरर थ्रिलर’ जनरामा तयार भएको फिल्ममा प्राय: कलाकार नयाँ अनुहार रहँदा बलिउड कलाकार नाफे खान मुख्य भूमिकामा रहेका छन् । उनिसँगै सुष्मा कार्की, भरतराज सिंह कार्की, सन्दीप सिग्देल, अंशु थापा, निभा अधिकारी र विश्वराज ढकालको मुख्य भूमिका रहेको छ ।
दिपेन्द्र अग्रवाल र मिता मुरारका अग्रवालको निर्माणमा बनेको फिल्मलाई राज रोयले निर्देशन गरेका छन् । फिल्मको कथा पनि रोयको नै रहेको छ । अमित धरेवाल सह निर्माता रहेको फिल्मको कार्यकारी निर्माता नरेन्द्रकुमार अग्रवाल हुन् । निर्माण संयोजन अमर सापकोटाले गरेका छन् ।
आगामी मंसिर अन्तिम सातालाई संभावित प्रदर्शन समय तोकिएको गुप्तले पछिल्लो पुस्ताको युवा पिढीको यथार्थपरक कथा पेश गर्ने निर्माता दिपेन्द्रले बताए । फिल्ममा सजन शाहको संगीत रहेको छ भने सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका छन् ।