साप्ताहिक संवाददाता
चलचित्र जय भोले निर्माण टिमले चलचित्रको हालसम्मको आम्दानी रिपोर्ट सार्वजनिक गरेको छ । ३० असोजबाट देशव्यापी प्रदर्शन भएको चलचित्रले कार्तिक ६ गतेसम्म ३ करोड २ लाख ७२ हजार आम्दानी विवरण सार्वजनिक गरेको हो ।
निर्माता तथा निर्देशक अशोक शर्माले पत्रकार सम्मेलन गरी चलचित्रको रिपोर्ट सार्वजनिक गरेका हुन् ।
हाँस्य जनराको यो चलचित्र अहिलेपनि हाउसफुल भैरहेको र देशका १ सय भन्दा धेरै हलमा अहिले शो चलिरहेको निर्देशक शर्माले जानकारी दिए । उनले व्यापार वारे भने, ‘दर्शकहरुले फिल्म मनपराउनु भएका कारण जय भोलेको व्यापार उत्साहजनक रुपमा बढी रहेको छ । यसले हामीलाई थप उत्साहित वनाएको छ ।’
राजनराज सिवाकोटीको संगीत रहेको यो चलचित्रलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका छन् । चलचित्रमा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, सौगात मल्लको मुख्य भुमिका रहेको छ ।