फाल्गुन ७, २०७५
मिस नेपाल–२०१८ श्रृंखला खतिवडा पिङ खेलिरहेको अवस्थामा भेटिइन् । क्यान्सर रोगसम्बन्धी जनचेतना जगाउन आयोजित काठमाडौं मोटर र्यालीमा सहभागी पोखरा पुगेकी खतिवडा साथीहरूसँग फेवाताल किनारामा अवस्थित कोकोबिच पुगिन् ।
त्यहाँ भएका अन्य ग्राहकहरूले भने उनलाई ठम्याउन सकेनन् । त्यसैले श्रृंखलाका साथीहरू उनलाई जिस्क्याउँदै थिए ‘तँ राष्ट्रिय झन्डा लिएर बस् अनि मात्र सबैले चिन्छन् ।’ खाना खाने उद्देश्यले त्यहाँ पुगे पनि खतिवडा पिङ मात्र खेलेर प्याराग्लाइडिङ खेल्न जाने भन्दै फर्किइन् ।
उनका साथीहरू भने खाना खाएर मात्र फर्किए । श्रृंखला पोखराको वाटरफ्रन्ट रिसोर्ट तथा शान्त सेकेन्डरी स्कुलमा आयोजित क्यान्सर रोगसम्बन्धी जनचेतना कार्यक्रममा समेत सहभागी भइन् । ती कार्यक्रममा सहभागी हुँदा उनीसँग तस्बिर खिचाउनेहरूको भीड देखिन्थ्यो ।