साप्ताहिक संवाददाता
अभिनेता अनमोल केसीकी प्रेमिका भएर पहिलो पटक नेपाली रजत पटमा आएकी अभिनेत्री हुन – उपासना सिंह ठकुरी । उनले पहिलो पटक अभिनय गरेको चलचित्र ‘क्याप्टेन’ अहिलेमा नेपाली सिनेमा घरमा प्रदर्शन भैरहेको छ । अनमोल स्टार यो चलचित्र हेर्न अनमोकै कारण पनि हलमा दर्शकको ओहिरो लागीरहेको छ ।
तर, चलचित्रमा उपासनाले निर्वाह गरेको भूमिकाको पनि निक्कै चर्चा भैरहेको छ । चलचित्र क्याप्टेनमा गाउँबाट सहर पसेकी एक युवतीको भूमिकामा देखा परेकी उपासनाको अहिले अभिनय तथा प्रस्तुती दुबैको चर्चा भैरहेको छ । यसैले पनि उनले नेपाली सिने उद्योगमा निक्कै सम्भावना देखाएकी छिन् ।
यसैविच, क्याप्टेन हलमा चल्दै गर्दा उपासनालाई रामबाबु गुरुङले निर्देशन गर्न लागेको चलचित्र ‘कबड्डी ३’बाट अफर आएको छ । चलचित्र ‘क्याप्टेन’को ट्रेलर सार्वजनिक भएसँगै उनलाई रामबाबुले अभिनेत्रीका रुपमा अफर गरेका थिए । उपासनाले भने ‘क्याप्टेन’को प्रतिक्रिया पश्चात आफूले गर्ने वा नगर्ने भन्ने निर्णय लिने बताएकी थिइन् ।
उपासनाले पनि यो चलचित्र खेल्ने सम्भावना देखाएको बताईको छ । चलचित्रका लागि अभिनेता दयाहाङ राई फाइनल भैसकेका छन् । प्रदिप खड्कासँग पनि कुरा भैरहेको छ । प्रदिपले पनि चलचित्रमा संझौता गर्न मात्र बाँकी रहेको बताइएको छ ।