साप्ताहिक संवाददाता
अनमोल केसी छोटो समयमै गज्जबले चलचित्र उद्योगमा स्थापित भए । तर, उनलाई अझैंपनि आफु चलचित्रको उद्योगको खम्बा भैसकेको छु जस्तो लाग्दैन । केहि समय अघिको कुराकानीमा उनले चलचित्र उद्योगमा खम्बाको सुचिमा राजेश हमाल, भुवन केसी, श्रीकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ लगायतको नाम लिएका थिए । आफु अझैंपनि संघर्षरत कलाकारको सुचिमै रहेको बताएका थिए ।
होस्टेल, जेरी, कृ, गाजलु, ड्रिम्सपछि पछिल्लो समय अनमोलको अर्को प्रतिक्षित चलचित्र क्याप्टेन प्रदर्शनमा भयो । चलचित्रले राम्रै ब्यापार गरेको निर्माण पक्षको दाबी छ । उनको नयाँ चलचित्र 'ए मेरो हजुर ३' यहि चैत २९ मा प्रदर्शन हुँदैछ । यो चलचित्रले के कस्तो सफलता हासिल गर्ने हो त्यसका लागी अब केहि हप्ता कुर्नुपर्ला ।
अनमोलका कुन–कुन चलचित्रले के कति कमाए भन्ने कुरा सम्बन्धित चलचित्रका निर्माताहरुलाई थाहा होला । तर यो कुरा यथार्थ हो की, उनका अधिकांस चलचित्रले राम्रै चर्चा कमाए । चर्चा कमाउनु र आम्दानी गर्नु भने फरक बिषय हुन् । यि कुरालाई यतै छोडौं । कुरो अर्कै गरौं । उनको प्रेम प्रसंग र बिहेबारे मनमा के कुरा खेल्छ भन्ने बिषयमा कुरा गरौं ।
हाल अनमोल सिंगल छन् । प्रेम बिबाह हुन्छ या मागी बिबाह भन्ने कुरामा अनमोल स्योर छैनन् । हाल काममा केन्द्रित भएकाले आफु सिंगल रहेको अनमोल बताउँछन् । अनमोलले बिगतमा कतिपय युवतीलाई प्रेम प्रस्ताब राख्दा रिजेक्ट खाएको क्षण पनि छ । अनमोल हाँस्दै थप्छन्, ‘मैले कतिपय युवतीलाई राखेको प्रेम प्रस्ताव एसेप्ट नभएको सम्झना पनि छ ।’ आजभोली ति युवतीलाई कस्तो लाग्दोहो ? हाँसोको खित्का छोड्दै अनमोल थप्छन्, ‘यि कुरा सबैको लाइफमा हुने कुरा हुन्, मेरो प्रस्ताब एसेप्ट नगर्ने त्यस्ता युवतीलाई पक्कैपनि प्राउण्ड फिल हुन्छ होला, मैले रिजेक्ट गरेको केटा सुपरस्टार भयो भन्नुहुन्छ होला ।’
अनमोल केसीलाई कस्ती युवतीले आकर्षीत गर्ला ? धेरैलाई चासोको बिषय हुन सक्छ । हालै कान्तिपुरका रामजी ज्ञवालीसँगको छोटो गफगाफमा अनमोलले यो कुरामा पनि मुख खोलेका छन् । अनमोल भन्छन्, ‘मलाई संस्कारी, अण्डरस्ट्याण्डिङ, ब्यवहारिक र लोयल युबती भए म आकर्षीत हुन्छु, यस्तै खालको युवती मेरो ड्रिम गर्ल पनि हो ।’
अनमोलले यस्ता स्वभावका युबती भएको खण्डमा बिहे गर्न तयार रहेको समेत बताए । अनमोलले खोजेकी यस्ती युवती कहिले भेटिन्छिन् त ? समयलेनै बताउला ।