• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सिनेमा
सिनेमा
दर्शकले रुचाए साइँली 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

दर्शकले रुचाए साइँली 
चैत्र २३, २०७५

गत शुक्रबार नेपाली चलचित्र साइँली प्रदर्शनमा आयो । एउटै शैलीमा अघि बढिरहेको नेपाली चलचित्र क्षेत्रमा साइँलीले केही फरक महसुस गराएको छ । यो चलचित्रको कथा एवं प्रस्तुति बेजोड छ । चलचित्रमा कहीँ पनि बोर फिल हुँदैन । चलचित्रको व्यापारको कुरा गर्दा अहिले नेपाली चलचित्रले लगानी मात्र उठायो भने पनि उत्कृष्ट व्यापार गर्‍यो भन्न बाध्य हुनुपर्ने अवस्था छ ।

यो चलचित्रमा करिब २ करोड रुपैयाँ लगानी भएको निर्माण पक्षले जनाएको छ । मंगलबारसम्मको अवस्थालाई हेर्ने हो भने चलचित्रले लगानी उठाउने कुरामा ढुक्क रहेको चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेल बताउँछन् । यो चलचित्रले मंगलबारसम्म १ करोड ७० लाख रुपैयाँको हाराहारीमा व्यापार गरेको पोखरेलको दाबी छ । हलहरूमा साइँली हेर्ने दर्शकको भीड बुधबारसम्म पनि उस्तै देखिन्छ । यो हप्ता पनि एउटा मात्र चलचित्र प्रदर्शनमा आउने भएकाले साइँलीलाई अझ थप व्यापार गर्ने अवसर मिलेको छ । 

यो चलचित्र ऋण तिर्न वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतामा परेका पिताम्बर थापा (गौरव पहारी) र माया थापामगर (मेनुका प्रधान) को अन्तरजातीय प्रेम जीवनमा आउने विभिन्न उत्तारचढाव एवं बाधामा केन्द्रित छ । चलचित्रमा पिताम्बरले गाउँकै धनाड्य बाबुकी छोरी अर्थात् साइँलीलाई माया गर्छन् । यी दुईबीच जातीय पर्खाल छ, तर उनीहरूको प्रेममा जातीय समस्या भने आएको होइन । पिताम्बरका बाबु पद्म (प्रकाश घिमिरे) ले साइँलीका बाबु फूर्तिमान (माओत्से गुरुङ) सँग लिएको ऋण उनीहरूको प्रेमको अवरोध बन्न पुग्छ । आर्थिक अभावका कारण यो जोडीको प्रेममा आइपरेका विभिन्न उत्तारचढावको वरिपरि नै यो चलचित्र घुमेको छ । सरसर्ती हेर्दा मध्यान्तरसम्म चलचित्र अनेक कुरामा अल्झिएको पाइन्छ भने पिताम्बर र मायाले विभिन्न अवरोधकाबीच पनि विवाह गर्छन् । 

त्यसपछि चलचित्र गम्भीर विषयमा प्रवेश गर्छ । विवाहपछि यो जोडीले विभिन्न कठिनाइ भोग्छ भने उनीहरूमा मनमुटाव सुरु हुन्छ । यो प्रसंगलाई भने निर्देशकले गहन शैलीमा उतारेका छन् । चलचित्र हेर्दा जो कोहीले पनि कहीँ न कहीँ आफ्नोपन पाउँछन् । यो चलचित्रले दर्शकलाई आफ्नोपनको अनुभूति दिलाउन सक्नु चानचुने कुरा होइन । त्यसैले निर्देशक रामबाबु गुरुङ स्यावासीको पात्र भएका छन् । 

चलचित्रको शीर्षक साइँली चर्चित गीत सुन साइँलीबाट लिइएको हो । उक्त गीतको भिडियोमा गौरव र मेनुकाले नै अभिनय गरेका थिए । चलचित्रमा पनि यही जोडी नै मुख्य भूमिकामा छ । यद्यपि गीत र चलचित्रको भिडियोमा भने निकै फरकपन पाउन सकिन्छ । यसको अर्थ चलचित्र गीत जतिको उत्कृष्ट छैन भन्ने होइन, चलचित्र आफैंमा उत्कृष्ट छ । साइँलीमा गम्भीर विषय पनि छन् भने केही रमाइला प्रसंग पनि समावेश भएका छन् । जसले दर्शकलाई पनि पेट मिचीउन्जल हाँस्न बाध्य बनाउँछ । 

चलचित्रको निर्देशकीय पक्षको कुरा गर्दा निर्देशक गुरुङ कुनै–कुनै ठाउँमा चुकेका पनि देखिन्छन् । उनले चलचित्रको मध्यान्तरभन्दा अघि कतिपय प्रसंगमा कैंची चलाउन सक्थे, साथै मध्यान्तरभन्दा पछि पनि उनले चलचित्रलाई जुन गतीमा कुदाउनु पर्ने थियो त्यसमा केही अल्झिएको अनुभूति हुन्छ । चलचित्रको मूख्य विषय भनेको साहूको ऋण तिर्न नसकेर विदेशिनु पर्ने बाध्यता र त्यसैमा पलाएको प्रेमको टुसा हो । ऋणकै कारण यो जोडीले विभिन्न उत्तारचढाव बेहोर्छ, तर ऋण कति थियो भन्ने कुरा चलचित्रमा कतै खुल्दैन । 

चलचित्र साइँलीमा कलाकारहरूको अभिनय उत्कृष्ट छ । गौरव र मेनुकाको अभिनयकलामा निखार देखिन्छ भने सहायक पात्रको भूमिकामा प्रस्तुत दयाहाङ राईले पनि चलचित्रप्रति न्याय गरेका छन् । उनको अभिनयले पनि बेला–बेला दर्शकलाई झसँग बनाउँछ । अन्य सहायक कलाकार प्रकाश घिमिरे, माओत्से गुरुङ, किरण चाम्लिङ राई, इष्टु कार्की आदिले समेत आफूले निर्वाह गरेको चरित्रप्रति न्याय गरेका छन् । यस्तै, केनिपा सिंहको यो डेब्यु चलचित्र हो । सिंहले साइँलीमा गरेको अभिनयको प्रशंसा गर्नै पर्छ । छायांकार शैलेन्द्र डी कार्कीले चलचित्रको कथालाई दृश्यमा कैद गर्न कुनै कसर बाँकी राखेका छैनन् । 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सिनेमा
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
सिनेमामा महामारी मारः कति चुनौती, कति अवसर ?

राजाराम पौडेल

वैशाख ८, २०७७

सिनेमा
नेपाली फिल्मको डिजिटल रिलिजः कति सुरक्षित ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik