साप्ताहिक संवाददाता
नेपाली कथानक चलचित्र ‘दाल भात तरकारी’ को ट्रेलर सार्वजनिक भएको केही समय पछी नै पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक ४ पोस्टरमा मुख्य कलाकार फिचर्ड छन् ।
मह सञ्चार र किरण केसीको निर्माण रहेको चलचित्र दाल भात तरकारीमा सुदन केसीको निर्देशन रहेको छ । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, बर्षा राउत, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर बंदेल, विल्सन विक्रम राई, अनुरागमान सिंह कुँवर लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।
चलचित्रमा रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंस्कार, शिवहरी पौडेल, राजाराम पौडेल, दिर्घ गुरुंग, अनुराग मानसिंह कुँवर, शिशिर बंदेल, विल्सनविक्रम राई, दिपेन्द्र खनियाँ र सुमित मैनालीले सयुक्त रुपमा लगानी गरेका छन् । दिर्घ गुरुङको छायांकन रहेको चलचित्र यहि बैशाख २० बाट प्रदर्शनको प्रचारमा छ ।