साप्ताहिक संवाददाता
वैशाख १०, २०७६
एउटै चलचित्रमा अभिनय गरेर राम्रो सम्भावना देखाएउका कलाकार हुन्– मुकुन भुषाल । उनले विनोद पौडेलले निर्देशन गरेको चलचित्र ‘बुलबुल’मा पहिलो पटक अभिनय गरेका थिए । चलचित्रमा चोपेन्द्रको भूमीका निर्वाह गरेका भुषालले राम्रो प्रतिकृया बटुलेका छन् ।
उनै अभिनेता मुकुन भुषाल अब म्यूजिक भिडियोमा देखिने भएका छन् । गणेश सेन्चुरीको गीतको म्यूजिक भिडियोमा अभिनय गरेको मुकुनले बताएका छन् ।
म्यूजिक भिडियोमा उनको जोडीका रुपमा सुरविना कार्की देखिने छिन् ।
चलचित्र ‘बुलबुल’ रिलिजपछि धेरैले म्यूजिक भिडियोमा अभिनयका लागि अफर गरेको बताउँने मुकुन यो म्यूजिक भिडियोमा मोडलिङ नभएर प्ले भएकाले अभिनय गरेको बताउँछन् ।