साप्ताहिक संवाददाता
मंसिर ८, २०७६
एउटा गीतमा बढीमा कति जना कोरस (नृत्य कलाकार) ले नृत्य गर्छन् ? बढीमा पाँच–छ दर्जन । विगतमा कुनै–कुनै गीतमा १ सयभन्दा बढी कोरस राखिएको तथ्यांक छ । अहिले छायांकन भैरहेको चलचित्र म यस्तो गीत गाउँछु–२ मा भने एकैपटक ५ सय जना कोरस राखिएको दाबी गरिएको छ ।
पल शाह तथा पूजा शर्माको मुख्य भूमिकाको उक्त चलचित्रको ‘तिम्रो घरको वरिपरि’ गीतमा त्यति धेरै कोरस राखिएको हो । अर्जुन पोखरेलद्वारा संगीतबद्ध उक्त गीत पूर्वी नेपालको इलाम तथा पाँचथरका विभिन्न रमणीय लोकेसनमा छायांकन गरिएको छ । उक्त गीतमा सोनम तोप्देन तथा अस्मिता अधिकारीको स्वर छ भने रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् ।