साप्ताहिक संवाददाता
अभिनेत्री ऋचा शर्माको बिहे आगामी मंसिरमा हुँदैछ भन्ने विषयमा ईकान्तिपुरले केहि महिनाअघि सार्वजनिक गरेको थियो । ऋचाले उक्त अन्तरवार्तामा आफ्नो बिहे हुन लागेको महिना बताएकी थिइन् । आफुले खोजेको र रोजेको ड्रिम ब्वाय पाएकोमा खुसी शेयर गरेकी थिइन् ।
उनै ऋचालाई उनका नजिकका साथिहरुले पोखरामा ब्याचलर पार्टीको आयोजना समेत गरिदिएका थिए । त्यसपछि बिहेका बारेमा थप चर्चा सुरु भएको थियो । बिहेको चर्चा सुरु भएसँगै ऋचाले आफ्नो सामाजिक सन्जालबाट बिहेको साइत सार्वजनिक गरेकी छिन् । ऋचाले आगामी डिसेम्बर ७ अर्थात मंसिर २१ गते पराइज घर जान लागेको उल्लेख गरेकी छिन् । ऋचाले सार्वजनिक गरेको पोस्टमा उनका नजिकका साथिभाईहरु तथा दर्शकहरुले सुभकामना दिइरहेका छन् ।
नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय अभिनेत्री शर्मा केहि बर्षदेखि दिपेश विक्रम राणासँग नजिक थिइन् । उनैसँग प्रेम बस्यो । र, बिहे हुँदैछ । दिपेश ललितपुरको लाबिम मलका म्यानेजर समेत हुन् । ऋचाको हातमा पछिल्लो समय चलचित्र नभएपनि उनको चर्चा भने सेलाएको छैन ।