साप्ताहिक संवाददाता
पुस २५, २०७६
चलचित्र ‘पर्खी बसें’ को नयाँ सिरिज दर्शक माँझ आउने भएको छ । गोपीकृष्ण मुभिजले हिमालयन मुभी स्टुडियोसँगको सहकार्यमा ‘पर्खी बसें २’ निर्माण गर्ने भएको छ ।
गोपीकृष्ण मुभिजकी नीकिता पौडेल र हिमालयन मुभी स्टुडियोको विनोद सापकोटाबीच बिहीबार चलचित्र बनाउने समहमति भएको हो । चलचित्रमा नीकिता र विनोद निर्माता रहनेछन् भने प्रदीप दाहाल र तीर्थप्रसाद पौडेल सह–निर्माताको रुपमा रहनेछन् ।
२०६४ को चैत अन्तिममा प्रदर्शनमा आएको चलचित्र ‘पर्खी बसें’ लाई दीपक श्रेष्ठले निर्देशन गरेका थिए । यसको दोस्रो सिरिजलाई ‘लभ डायरिज’ निर्देशक सौरभ चौधरीले निर्देशन गर्नेछन् । चलचित्रमा कथा पनि उनकै रहनेछ ।
पहिलो सिरिज झैँ दोस्रोमा पनि सांगीतिक प्रेम कथा देखाइने सौरभले बताए ।