साप्ताहिक संवाददाता
नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ को ग्रान्ड फिनाले आगामी चैत्र १ गते हुने भएको छ । चैत्र १ गते अघिका श्रृंखलामा केहि प्रतियोगी तथा अतिथि कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ । ‘कमेडी च्याम्पियन’को ग्रान्ड फिनाले होटल सोल्टीमा गर्ने तयारी भैरहेको ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारीले बताएका छन् ।
‘कमेडी च्याम्पियन’को ग्रान्ड फिनालेमा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त पुगेका छन् । सुमन र खड्गबहादुर वाइल्ड कार्ड इन्ट्रीबाट सोमा पुन: प्रवेश गरेका प्रतिस्पर्धी हुन् ।
ग्रान्ड फिनाले आर्मी अफिसर्स क्लब गर्ने चाहाना भएपनि निजी संस्था तथा कार्यक्रमलाई नदिने नियमका कारण त्यहाँ गर्न नपाएको बिशालको भनाई छ ।
ग्रान्ड फिनालेमा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ पनि उपस्थित हुनेछन् । ‘कमेडी च्याम्पियन’मा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक छन् । सोको होस्ट रिमा विश्वकर्माले गर्दै आएकी छिन् ।