फाल्गुन १३, २०७६
केही दिनअघि सामाजिक सन्जालमा बलिउड अभिनेत्री जान्हवी कपुर र उनका पूर्वप्रेमी अक्षत राजनको एक भिडियो भाइरल भयो । वर्तमान प्रेमी इशान खट्टरसँगको रोमान्समा रहेकी जान्हवी पूर्वप्रेमी अक्षतसँग नजिकिएको भिडियो सार्वजनिक भएपछि यो कुरा इशानलाई सह्य भएन ।
चलचित्र ‘धड्क’बाट अभिनयमा डेब्यु गरेका इशान र जान्हवी यो चलचित्रपछि निकै नजिकिएका थिए, तर जान्हवीको अक्षतसँग आत्मीयता बढेपछि इशानले जान्हवीसँगको सम्बन्धलाई तोडेका छन् ।
इशान अभिनेता शाहिद कपुरका सौतेला भाइ हुन् । परिवार र अक्षतसँग बढी समय दिएपछि इशानले जान्हवीबाट अलग्गिने निर्णय लिएका हुन् । चलचित्र ‘धड्क’ रिलिज पछि इशान र जान्हवी प्राय: सँगै घुम्न निस्कन्थे, तर जान्हवीको जीवनमा अक्षतको पुन: प्रवेश भएपछि इशानले जान्हवीबाट अलग्गिने निर्णय लिए ।