साप्ताहिक संवाददाता
पुष्प खड्का पछिल्लो समय नेपाली चलचित्र उद्योगमा लोकप्रिय नाम हो । लगातार सफल चलचित्र दिएपछि उनी निर्माता तथा निर्देशकहरुको नजरमा पर्न सफल भएका हुन् ।
पुष्प अभिनित चलचित्र मंगलम, दाल भात तरकारी, मारुनी लगायतले अन्य चलचित्रको तुलनामा राम्रो व्यापार गर्न सफल रहे । पछिल्लो चलचित्र ‘मारुनी’ अहिले बाहिरका केही देशमा प्रदर्शन भैरहेको छ ।
उनी यतिवेला म्युजिक भिडियोमा व्यस्त छन् । हातमा चलचित्र छैन ? छन् । तर, छान्नै सकिरहेका छैनन् । उनी पछिल्लो समय चलचित्र चालवाज’को छायांकन सकाएर काठमाडौं फर्किएका छन् । उनी अहिले केहि स्क्रिप्ट पढिरहेका छन् ।
हालै साप्ताहिकसँगको छोटो भेटमा पुष्पले आफु छिट्टै एक चलचित्रको छायांकन थाल्ने योजना सुनाए । उनले भने, ‘अहिले ६ वटा चलचित्रको स्क्रिप्ट हातमा छ । दुईवटा चलचित्र केहि बढि राम्रो लागेको छ । सायद यी चलचित्रमा काम गर्ने सम्भावना धेरै छ ।’ पुष्पले आफु चलचित्रको स्क्रिप्ट छान्न नसकेका कारण कुनैपनि चलचित्रमा चाँडै साइन गर्न नसकेको सुनाए । पुष्पका अनुसार आगामी बैसाखसम्म एक चलचित्रको छायांकन प्रारम्भ हुने सम्भावना छ ।