साप्ताहिक संवाददाता
धेरै कलाकारलाई यो ‘लकडाउन’ले ‘कुुक’ बनाएको छ । गायक राजेशपायल राई अर्का उदाहरण हुुन् । चीनमा कोरोना भाइरसको संक्रमण फैलिरहँदा उनी कन्सर्टको सिलसिलामा लन्डनमा थिए । उनको म्युजिकल टुर जारी थियो । लन्डनबाट फर्किएर नेपाल आएपछि पनि उनी कन्सर्टमा व्यस्त भए । पोखरा, दित्तेल, ताप्लेजुुङ हुँदै धरानसम्म कार्यक्रम गर्न भ्याए ।
तर, धरानपछि जब उनी बेलबारी, भद्रपुुर, पर्सालगायत थुप्रै स्थानहरूमा कन्सर्ट गर्ने तयारीमा थिए, सरकारले एकाएक कोरोनाको जोखिमका कारण मेला–महोत्सवहरू तत्काललाई नगर्न आदेश दियो । त्यसपछि तय भएका उनका सबै कार्यक्रमहरू एकाएक रद्द भए । उनी काठमाडौं फर्किए । थाँती रहेका गीत रेकर्डिङका काम भ्याइरहेको थिए । अचानक सरकारले लकडाउन घोषणा गर्यो । त्यसपछि उनी लगातार घरभित्रै छन् ।
कहिले फेसबुकमा लाइभ आउँछन्, अनि दर्शकलाई गीत गाएर मनोरञ्जन दिलाउँछन् । कहिले कोरोनासम्बन्धी समाचार घोत्लिएर पढ्छन् । कहिले मनोचिकित्सासम्बन्धी सामग्री गुुगल र युुट्युुबमा खोजीखोजी पढ्छन् ।
सांगीतिक व्यस्तताका कारण आफन्त र नजिकका इष्टमित्रलाई समय दिन नभ्याउँदा उनले सधैं गुुनासो सुुन्नुपथ्र्यो– तैले माया मारिस् । अहिले म ति सबैलाई सम्पर्क गरिरहेका छन्, पर्याप्त समय दिइरहेका छन् । लकडाउनमा उनले जीवनकै फरक अनुुभव लिएको चाहिँ ‘कुुकिङ’ को हो । ‘मलाई खाना पकाउनमा कहिल्यै रुचि जागेन ।
न केही पकाउन नै आउँथ्यो,’ उनी भन्छन्, ‘तर, लकडाउनको चौथो दिन मैले मेरो किचनमा पस्ने आँट गरेँ । भाइहरूको सहयोगमा आफ्नै हातले किराती तरकारी ‘किनिमा’ पकाएँ । अनि, बोर मानिरहेका मेरा फ्यानहरूले पनि इन्जोय गरून् भनेर पकाइरहेको मुमेन्ट फेसबुकमा लाइभ सेयर गरेँ ।’