साप्ताहिक संवाददाता
फिल्म क्षेत्रमा चर्चित जोडी हुन्, निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का । दुवै एक घरमा बसे पनि फिल्मको व्यस्तताले प्राय:सँगै समय बिताउन पाउँदैन थिए । पत्नीको फुर्सद हुँदा पतिको सुटिङ हुने, पतिको फुुर्सद हुुँदा पत्नीको सुुटिङ । तर, यो ‘लकडाउन’ले दुुवैलाई समय जुुराइदिएको छ ।
फिल्म, पुुस्तक त उनीहरूको समय बिताउने साथी भएकै छ तर त्योभन्दा महत्वपूर्ण उनीहरूसँगै समय बिताउन पाइरहेका छन् । त्यसैले त स्वस्तिमा यो खुसीलाई सामाजिक सञ्जालमा सेयर गरिरहेकी छिन् ।
यतिमात्रै होइन, लकडाउनले निश्चललाई स्वस्तिमाको गितार गुुरु नै बनाइदिएको छ । निश्चलले गितार सिकाइरहेको भिडियो स्वस्तिमाले फेसबुुकमा सेयर नै गरेकी थिइन् । ‘जे होस्, लकडाउनको राम्रै सदुुपयोग भइरहेको छ,’ निश्चल हाँस्दै भन्छन्, ‘२४ सै घन्टा श्रीमतीजीको अनुहार हेर्दा कहिलेकाहीँ त रिस पनि पो उठ्दोरै’छ हो । म त धेरैभन्दा धेरै सिनेमा हेरेर, कहिलेकाहीँ मोबाइलमा गेम खेलेर पो कटाइरहेको छु यो समय । ’