साप्ताहिक संवाददाता
सन् २०१९ मा दुई फिल्म ‘एभेन्जर्स : इन्डग्याम’ र ‘स्पाइडर म्यान: फार फ्रम होम’ले बक्सअफिसमा ब्यापक सफलता हात पारेपछि सोचिएको थियो– हलिउडमा मार्भल सिनेम्याटिक युुनभर्सको दबदबा अब लामो समयसम्म चलिरहनेछ । संसारको विनाश नभएसम्म सिनेमा घरहरूमा यस्तै टाइट कस्ट्युम, डिजिटल इफेक्ट र असरहीन मजाकसहित बनेका हावादारी ब्लकबस्टर सिनेमाहरूकै हालिमुहाली रहिरहनेछ । र, अब सुपरहिरोबिनाको कुनै वर्ष हुने छैन ।’
तर, विडम्बना यो विनाश अनुुमानभन्दा धेरै चाँडो भइदियो । सुपरहिरोहरू एलियन र एन्ड्रोइड सेनाहरूविरुद्ध आक्रमण गर्न सक्छन्, हावादारीहरूको गोप्य षड्यन्त्रविरुद्ध लड्न सक्छन् तर, यो कोराना भाइरसविरुद्ध लड्न उनीहरू बिरामी छन् । स्क्रिनमा सुपरहिरोहरूले बारम्बार विश्वलाई बचाएका छन् । तर, यो वास्तविक जीवनमा आइपरेको संकटसँग लड्न मार्भल सिनेम्याटिक युनिभर्सले बोकेको दर्शन र उनीहरूले जन्माएका सुपरहिरो कमजोर देखिए ।
कोराना भाइरसले फिल्म उद्योगमा ठूलो नोक्सान पुुर्याएको छ । जस्तो कि, एमसियूले वसन्त र गर्मीयाममा रिलिज तोकेका ठूला सुपरहिरो फिल्म यही कारण धकेलिएर शरदयाममा पुुगेका छन् अर्थात् अर्को वर्ष । ‘ब्ल्याक विडो’ मे १ बाट पछि हटेर ६ नोभेम्बरमा पुुगेको छ र यो नयाँ मिति एमसियू रिलिजका बीचमा सबैभन्दा लामो विराम हुुनेछ जबकि ‘दि इन्क्रेडिबल हल्क’लाई दुुई वर्षपछि ‘आइरन म्यान–२’ले पछ्याएको थियो ।
यो रिलिज मिति परिवर्तनले अहिलेको परिस्थितिमा फिल्म देखाउन कति चुनौतीपूर्ण छ भन्ने यथार्थ दर्शाउँछ । अझ, यो महामारीका बेला सुपरहिरो विधाको फिल्म देखाउनु त झनै अप्रासंगिक हुन्छ । रोग होइन, सुपरहिरोहरूलाई सधैं युद्धले शक्तिशाली र सुन्दर बनाउँछ । सुपरहिरो विधालाई पहिलो ठूलो सफलता दोस्रो विश्व युद्धको सुरुवातपछि मिलेको थियो । आफ्नो सुरुवाती रोमाञ्चमा पहिलो सुपरहिरो ‘सुपरम्यान’ले त्यतिबेला युद्ध समाप्त गर्न हिटलर र स्टालिनलाई पक्रेका थिए । अन्य देशभक्त हिरोहरू रातो–सेतो–नीलो पोशाकधारी ‘क्याप्टेन अमेरिका’ र ‘वन्डर वुमन’ ले लगातार हावादारी र जापानी घुसपैठहरूलाई उनीहरूको घर अगाडि लगेर फाल्दिए ।
त्यतिबेला युद्धका वर्षहरूमा सुपरहिरो कमिक्स हजारौं प्रतिबिक्री हुन्थ्यो । तर, त्यसपछि यो विधाले यस्तो लोकप्रियता पाउन पोस्ट–९/११ को ‘वार अन टेरोर’ अर्थात् सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकाविरुद्ध अलकाइदाको आतंकवादी समूहले गरेको आक्रमण नै कुर्नुपर्यो । आइरन म्यान (२००८) ले टोनी स्र्टाकलाई अफगानिस्तानको युद्धमा दुष्ट आतंकवादीलाई नष्ट गर्दै गरेको देखायो भने सन् २०१९ मा ‘स्पाइर म्यान: फार फ्रम होम’ले हाम्रा हिरोहरूले अमेरिकाको आफ्नै घातक भण्डारभन्दा झन् शक्तिशाली आर्मीका ड्रोनहरू नियन्त्रणमा लिएको कल्पना गर्यो । ११ वर्षमा यो दुई फिल्मकाबीच मार्भल सिनेम्याटिक युनिभर्स (एमसियू)ले २२.५ बिलियन डलर आम्दानी गर्यो ।
युद्धकालमा सुपरहिरोको अपिल सीधा हुन्छ । उनीहरू शक्ति, हिंसा र जितको सशक्त कल्पना हुन् । एमसियूका प्लटहरू कम वा ज्यादा चलाख हुनसक्छन् तर फिल्ममा प्रमुख पात्र भने बलशाली पुरुष वा महिला हुन्छ, जसको मुक्काले धेरैभन्दा धेरै संख्यामा खराब पात्रहरू ढल्छन्, जसको बिस्फोटले धमाका हुन्छ । प्राय: उही टिमअपका साथ एमसियूका न्यारेटिभहरू सधैं शक्तिशाली मान्छेहरूका विषयमा हुन्छन्, जसले सधैं दुश्मनलाई परास्त गर्छन् । उनीहरू सैन्यवादको क्षणमा लोकप्रिय छन् किनभने समस्याप्रति उनीहरूको दृष्टिकोण नै सैन्यवादी छ । त्यहाँ दुश्मन हुन्छन्, र तपाईं त्यसलाई एकता र भारी बलको संयोजनमा हराइदिनुहुन्छ ।
तर, भाइरसका विरुद्ध यस्तो भारी बल कमै प्रयोग हुन्छ र शारीरिक रूपमा संगठित हुनु पनि हानिकारक मानिन्छ । अन्तहिन र शानदार लडाइँमा आफ्ना दुश्मनहरूको सामना गर्न अकल्पनिय र अजेय सुपरहिरोहरू सधैं विशाल दूरीमा पुगिरहेका हुन्छन् । यसका विपरीत, हाम्रो भाइरस प्रतिक्रियामा स्थिरता, आइसोलेसन र जर्बजस्त निस्क्रियता समावेश छ जसले हाम्रो अर्थतन्त्र ध्वस्त पारिरहेको छ र हामी व्यगताका साथ खोक्ने समय कुरिरहेका छौं । अनि, मुक्कावाजलाई सशक्त पार्नुको सट्टा हामीलाई आत्म–विघटनको माध्यमबाट आफू र अरूलाई सहयोग गर्न प्रेरित गरिँदैछ ।
यदि हिरोइज्म छ भने यो सहनशीलताको हिरोइज्म हो, जहाँ सबै कम सुपर भइरहेका छन् । प्रकोपसम्बन्धी सिनेमा जस्तै कन्टेजियन अर्थात् जम्बी सिनेमाहरू हाम्रो गतिहीनताको विनाशलाई समात्न एकदमै महत्वपूर्ण छन् । तर, तिनीहरू सुपरहिरोको न्यारेटिभसँग धेरै नजिक छन् । यहाँ संसार बचाउने कल्पना गर्नु गाह्रो छ जबकी तपाईं यतिखेर आफूले सबैभन्दा बढी प्रेम गर्ने मान्छेलाई भेट्नसम्म घरबाहिर निस्कन सक्नुभएको छैन ।
त्यसोभए भाइरसले अन्तत: सुपरहिरो विधाको जमिनबाट हावालाई बाहिर निकाल्ला त ? यसको जवाफ सम्भवत: छैन । यो सत्य हो कि, भाइरस हिट हुनुभन्दा पहिला पनि सुपरहिरोको क्रेज सुस्त हुने संकेतहरू देखिएका थिए । उदाहरणका लागि यो वर्षको सुरुवातमा रिलिज भएको डिसीको ‘बड्स अफ प्रे’लाई लिन सकिन्छ जसको बक्सअफिस कलेक्सन निराशाजनक थियो । तर, अफगानिस्तान र मध्यपूर्वका अमेरिकी युद्धहरू अस्थायी शान्ति प्रस्तावका बाबजुद पनि पिल्सिरहेका छन् । र, प्रशंसकहरू एमसियूको आगामी सिक्वेललाई लिएर निश्चित रुपमा उत्साहित छन् ।
कोरोना भाइरसले मार्भल सिनेम्याटिक युनिभर्स (एमसियू)लाई स्थायी रूपमा अन्त्य गर्न सक्दैन । तर, यो बाध्यकारी बिराम सुपरहिरो विधाले पनि समस्या भोग्न सक्छ र विशिष्ट ऐतिहासिक सर्तहरूमा प्रतिक्रिया दिँदै विशिष्ट शैलीबाट यसको समाधान प्राप्त गर्न सक्छ भन्ने तथ्यको स्मरण पनि हो । आइरन म्यानले आफ्नो औंला काट्न पनि सक्छ र थानोसको आक्रमणकारी सेनालाई खत्तम पार्न पनि सक्छ । तर, जब कमजोर सरकारको निर्णयले जनतालाई खतरनाक महामारीको सामना गर्न बाध्य बनाउँछ, त्यतिबेला उसले त्यस्तो धेरै केही गर्न सक्दैन । सत्य के हो भने सुपरहिरोहरू यो समय मौन हुन्छन् । किनभने उनीहरू कहिल्यै पनि हामीलाई बचाउनका निमित्त सिर्जना गरिएका थिएनन् ।
अनुवाद : अनिल यादव